मगर संघ देवघाटद्वारा शुभकामना कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख ३

नेपाल मगर संघ देवघाटको आयोजनामा परिचयात्मक, चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम बुधबार देवघाट गाउँपालिका–५ मा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापा मगरले तनहुँ जिल्मामा रहेको नगरपालिका र गाउँपालिका मध्य पछिल्लो समयमा मगर सघ देवघाट गाउँपालिकाको गतिविधहरु अग्रपंक्तिमा रहेको बताए । मगर र गुरुङ समुदाय जहाँ बढी छ त्यहाँ मगर र गुरुङ भाषा पठन पाठन गर्नुपर्ने मगरले बताए । अब हरेक जातजातिले आफ्नो आफ्नो भाषा जोगाउन एकजुट हुनुपर्ने मगरले बताए ।

कार्यक्रममा देवघाट गाउपालिका उपाध्यक्ष भुवन सिं गुरुङले हरेक जातजाती मिलेर अगाडि बढ्नुपर्ने बताए । मगर समुदायले जसरि अरु जातजातिले पनि यसरी कार्यक्रम गर्दै अगाडि बढ्ने हो भने एकअर्कामा सुमुधुर सम्बन्ध स्थापित हुने भन्दै उनले अरु जातजातिबाट पनि यस्तो कार्यक्रम गर्नुपर्ने बताए । देवघाट गाउँपालिकाले मगर समाज उत्थानको लागि बजेट छुट्याएको भन्दै उनले भाषा र सस्कृति जोगाउनको लागि गुरुङ र मगर जातीको भाषा शिक्षणको लागि पालिकाले ३ लाख वजेट छुट्याएकोे बताए ।

कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य याम बहादुर मगरले अबको मगर मगरहरु एकजुट हुनुपर्ने बताए । अबको दिनमा हरेक संघ सस्थामा मगरहरु आवद्ध रहि काम गर्दै अगाडि आउनु पर्ने उनले बताए । क्षेत्री समाज देवघाट कमिटिका अध्यक्ष गणेश थापाले क्षेत्री र मगर समुदाय बिच धेरै सस्कारहरु मेल खाएको बताए । देवघाटमा क्षेत्रीहरु ५०० वर्ष अगाडि देखि बसोबास गर्दै आएको भन्दै उनले जहाँ जस्को जातको बाहुल्यता छ उसको पहिचान हुन जरुरत रहेको र मगरका सस्कृति झल्किने संग्राहलय बनाउनुपर्ने बताए ।

नेपाल मगर संघ देवघाट गाउँपालिकाका अध्यक्ष खड्का पामी आले मगरको अध्यक्षतमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाल मगर समाज वडा नम्बर ५ का अध्यक्ष खेम रानाले गरेको थियो भने कार्यक्रम सञ्चालन नेपाल मगर संघ देवघाट गाउँपालिका सह–सचिव विष्णु बहादुर सिँजालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको