पृथ्वीराजमार्ग सडक विस्तारः दमौली बजारमा कालोपत्र सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ३

विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वीखण्डमा पर्ने तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । राजमार्गको अन्यन्त्र काम धमाधम भइरहेको बेला लामो समयपछि दमौलीमा सडक विस्तार भएको हो ।

कालोपत्र भएसँगै धुलो उडेर प्रदुषणले सास्ती पाएका स्थानीयलाई सहज भएको छ । पूर्वी खण्डको काम यही आर्थिक वर्षभित्र सक्ने गतिमा अघि बढेको अयोजनाले जनाएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दमौली बजार, विमलनगर र नाहाला पुल आसपास गरी करिब पाँच किमी मात्र कालोपत्रको कामलाई तिब्रता लिएको छ ।

दमौली बजार क्षेत्रमा बेसको काम सकेर कालोपत्रे गर्न थालिएको र विमलनगर क्षेत्रमा पनि रक कटिङ र तलबाट टेवा पर्खाल लगाएर उठाउने दुवै काम तदारुकताकासाथ भइरहेको छ । ८२ प्रतिशत भौतिक प्रगति भएको र कालोपत्रेको काम ८६ प्रतिशत पुरा भएको छ । पूर्वी खण्डको चार लेनमा पहिलो तहको कालोपत्र ३७ं दशमलव २६ किमी भइसकेको छ भने दोस्रो तहको कालोपत्रे ३० दशमलव ६ किमीमा भएको छ ।

पूर्वी खण्डको ४१.४५ सडकमध्ये अब कतै कालोपत्रे नभएको खण्ड करिब पाँच किमी छ । यो खण्डमा बन्नुपर्ने १७ पुलमा सबै बनिसकेका छन् । ती पुलमा आवतजावत गर्न मिले पनि पेन्टिङ, फिनिसिङका केही काम भने बाँकी छन् । छुट्टै ठेक्का लगाइएको मादी पुलको भौतिक प्रगति ६८ प्रतिशत छ ।

पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैँक (एडिबी)को ऋण सहयोगमा सडक बिस्तार गरिएको हो ।

पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यो खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको