तनहुँको प्रजिअ थापाको सरुवा

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १६

गृहमन्त्रालयले तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको सरुवा गरेको छ । मन्त्रालयले सोमबार साँझ तनहुँका प्रजिअ थापाको जिल्ला प्रशासन कार्यालय रामेछापको प्रजिअमा सरुवा गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सुधारका धेरै राम्रो कामको सुरुवात गरेका थापाको सात महिनामै सरुवा भएको हो ।

प्रजिअ गृह मन्त्रालयमा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पदस्थापन गरेको छ । यसै गरी, रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ ।

यसै गरी दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृहमा तानिएको छ । गृहबाट बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक