तनहुँ । बैशाख १७
दमौली संगम क्लवको नाममा अबैध समितिले गतिविधि गरिरहँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेको छ । क्लवको अध्यक्ष नरेन्द्रराज वाग्ले र सचिव गिता कुमारी ढुङ्गाना रहेको समितिलाई प्रशासनले बैधता दिएको पनि मछिन्द्रादेवी श्रेष्ठ अध्यक्ष र कृष्णहरी गैह्रे सचिव रहेको त्यही नामको अर्काे समितिले गतिविधि गरिरहँदा पनि कानुन कार्यान्वयन गर्ने निकाय स्थानीय प्रशासन मुकदर्शक बनेको छ । अबैध समितिले मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाई विभिन्न कार्यक्रम समेत आयोजना गरेको छ । उक्त समितिले प्रशासनमा ज्ञापनपत्र बुझाउने, कोणसभा र पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो ।



व्यास नपा–२ स्थित दमौली संगम क्लवको भवन कब्जा गर्ने नियतले एक समुहले बलजफ्ती गरेको क्लवका अध्यक्ष नरेन्द्रराज वाग्लेले आरोप लगाएका छन् । मछिन्द्रादेवी श्रेष्ठको नेतृत्वको समुहले क्लवमा आर्थिक हिनामिना भएको भन्दै २०७८ सालमा जिल्ला प्रशासन कार्यालय तनहुँमा उजुरी दिएको थियो । प्रशासनले तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेको नेतृत्वमा गरेको छानविनमा वाग्लेको नेतृत्वमा रहेको क्लव नै बैध भएको, कुनै आर्थिक हिनामिना नभएको ठहर गरेको थियो । २०७८ सालमा जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीमा छानविन पश्चात प्रशासनले २०७९ असोज ३१ वाग्लेलाई बैधानिकता दिने निर्णय दिएको थियो ।
श्रेष्ठ नेतृत्वको समितिले क्लवमा लगाएको ताला प्रशासनको उक्त निर्णयपछि खुलाईएपनि पछि छविलाल रिजाल प्रमुख जिल्ला अधिकारी भएर आएलगत्तै सोही समुहले क्लवको कार्यालयमा ताला लगाई पुनः प्रशासनमा निबेदन दिएकोमा प्रशसासनले छानविन गरि आफ्नो राय दिएको थियो । सो क्रममा प्रशासनले असन्तुष्ट पक्षले लगाएको ताला खोल्ने, क्लले मापदण्ड पुर्याई सदस्यता वितरण गर्ने, प्रक्रिया पुर्याएर साधारणसभा गर्ने, लेखापरिक्षण प्रतिबेदन राष्ट्रिय पत्रिकामा प्रकाशित गर्ने लगायतका निर्देशन दिएकोमा ताला खुलेपछि समितिले लेखा परिक्षण प्रतिबेदन राष्ट्रिय पत्रिकामा प्रकाशित गरेको अध्यक्ष वाग्लेले बताए । तर फेरी सोही समुहले कार्यालयमा आएर गैरकानुनी रुपमा ताला लगाएको वाग्लेले बताए ।
जिल्ला प्रशासनको निर्देशन अनुसार नै आफुहरुले गत २०८० फागुन १९ गते स्थानीय पत्रिका सुचना प्रकाशित गरि प्रक्रिया पु¥याएर साधारण सभा आयोजना गरेको वाग्लेले बताए । साथै सोही साधारणसभाले क्लवले जिल्लाका १० वटै स्थानाीय तहमा क्लवको शाखा विस्तार गर्ने र ३० वर्ष मुनीका युवाहरुलाई क्लवको सदस्यता दिने निर्णय गरेको वाग्लेले जानकारी दिए ।
उक्त साधारणसभा रोक्न असन्तुष्ट समुहले जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएकोमा प्रशासनले उनीहरुले माग गरे अनुसारको आदेश नदिएपछि संमग क्लव दमौलीको नाममा अर्काको भवनमा अबैधानिक रुपमा भेला गरेको वाग्लेले आरोप लगाए । क्लवको आधिकारिक नाम दमौली संगम क्लव भएपनि अर्काे पक्षले भने संगम क्लव दमौलीको नाममा अधिवेशन गरेको वाग्लेले बताए ।
आफुहरुले जिल्लाका १७ वटा सामुदायिक विद्यालयमा प्रत्येकमा १ लाख ५ हजारको दरमा छात्रबृत्तिको अक्षयकोष स्थापना गरेपछि सोही पैसामा र्याल चुहाएर अर्काे पक्षले कानुन विपरितको कार्य गरिरहेको उनले आरोप लगाए । व्यास नपा–२ को सफासडकमा मासिक करिब १ लाख रुपैयाँ भाडा आउने उक्त भवन कब्जा गर्ने नियतले केही व्यक्तिहरुले राज्यको कानुनद्वारा स्थापित बैधानिक संस्थामा हस्तक्षेप गरेको वाग्लेले आरोप लगाए ।
क्लवको भवनमा लामो समयदेखी साझा मार्ट सन्चालन गर्दै आएका लक्ष्मण श्रेष्ठले २०८० साउन १ गतेदेखी सटर प्रयोग गरेवापतको भाडा नतिरेको भन्दै क्लवले गत बैशाख ७ गते जिल्ला प्रशासन कार्यालयमा निबेदन दिई भाडा दाखिला गराई सटर खाली गराउन निबेदन दिएको थियो । यस अघि प्रमुख जिल्ला अधिकारीको रोहबरमा पछिल्लो पटक २०८१ चैत २१ गते भएको क्वलका पदाधिकारी र साझा मार्टका सन्चालक श्रेष्ठ विच भएको छलफलमा चाँडै नै भाडा दिने सहमती भएपनि हालसम्म भाडा नदिएको र आलटाल गर्दै आएको हुँदा हालसम्म बाँकी भाडा दाखिला गराई सटर खाली गराउन क्लवकी सचिव गिता कुमारी ढुङ्गानाले प्रमुख जिल्ला अधिकारीलाई दिएको दिएको निबेनदमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उक्त निबेदनमाथी सुनुवाई गर्दै सटर खालीका लागि जिल्ला प्रहरी कार्यालय र सम्बन्धित स्थानीय तहमा लेखी पठाएका थिए । तर हालसम्म पनि उक्त आदेश कार्यान्वयन नभएको क्लवकी सचिव ढुङ्गानाले बताइन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय तनहुँले क्लवको नाममा गत चैत १४ गते पत्र पठाई हालसम्मको नियमअनुसारको टिडिएस कर बुझाउन, हालसम्मको मौज्जाद जिन्सी सामानको विवरण अद्यावधिक गर्न, गाडी भाडा वापतको करकट्टी दाखिला गर्न निर्देशन दिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले वाग्ले नेतृत्वको समितिलाई बैधानिकता दिई आवश्यक सबै निर्देशनहरु उक्त समितिलाई नै दिएको अवस्थामा त्यही नाममा अर्को समितिले अबैध गतिविधि गरिरहँदा पनि प्रशासन मुकदर्शक भएको दमौली संगम क्लवका सदस्य तुल्सीराम पाण्डेले बताए । उनले संस्था दर्ता सम्बन्धी कानुन वमोजिम एउटै नाममा अर्काे संस्था संस्था सन्चालन हुन नसक्ने भन्दै अबैध गतिविधि गर्नेहरुलाई कारवाही गर्नुपर्ने बताए ।
यसैविच दमौली संगम क्लवको नाममा समानान्तर समिति गठन गरेकी मछिन्द्रादेवी श्रेष्ठको समुहले मंगलबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई विविधि विषयमा ज्ञापनपत्र बुझाएको छ । उक्त समुहले बिगत केहि वर्ष यता यस क्लबमा विवाद चलिरहेकोले विवाद समाधनकोलागि जिल्ला प्रशासन कार्यालयमा धेरै पटक धाउँदा पनि वेवास्ता गरिएको, उल्टै यस क्लबको आर्थिक हिनामिना गर्ने, क्लबलाई धरासायी बनाउने पक्ष तर्फ लागेकोमा हामी क्लबको शुभचिन्तकलाई चित्त नबुझेकाले ज्ञापनपत्र बुझाएको जनाएका छन् ।
उक्त समुहले मिति २०७३ कार्तिक १७ गते देखि अध्यक्ष बनी ५ वर्ष वितिसक्दा पनि कुनै पनि कार्यक्रम नगरेको आर्थिक हिसाब किताब नदेखाएको, वार्षिक साधारण सभा समेत नगरेको, अध्यक्ष मेघराज काफ्ले विरुद्ध निवेदन जि.प्रशासन कार्यालयमा पेश गरेको तर सो निवेदन पश्चात विधान विपरित क्लबको संरक्षक रहेको भएता पनि अवैधानिक तरिकाले अधिवेशन नै नगरी नरेन्द्रराज वाग्लेले अध्यक्ष स्वघोषणा गरको आरोप लगाएका छन् ।
तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैहेको संयोजकबाट बसेको त्रिपक्षिय बैठकमा भएको निर्णयहरु मध्ये तेश्रो निर्णय दमौली क्लबको बैंक खाता यस विवाद समाधान नभएसम्म रोक्का राख्ने निर्णय भए पश्चात विवाद यथावत रहेको पनि एकलौटी रुपले खाता खोलिएको र सो बारेमा निज गैहेलाई प्रश्न राख्दा मैले बन्द गरेको हो मैले नै खोलेको हो भन्ने जस्ता गैर जिम्मेवारी अभिव्यक्ति आएको, जिल्ला प्रशासन कार्यालयमा मिति २०८० साउन २५ मा भएको त्रिपक्षीय बैठक अनुसार गरिएको ४ बुँदे निर्णय किन लागु गर्न नसकेको, तथा यस अघि जिल्ला प्रशासनमा परेका निवेदन ज्ञापन पत्र, डेलिगेशन आदिको कागजत्रलाई मान्यता दिन नखोजिएको आरोप लगाईएको छ ।
यसैगरि प्रशासनमा दुवै पक्षको रोहवरमा पेश गरिएका लेखा परीक्षण प्रतिवेदन प्रति आपत्ती रहेकोले दुवै पक्षको रहोबरमा पुन लेखापरीक्षण गराउन गर्न÷गराउन माग गरिएको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त च.नं. ४११८१ को पत्रको जवाफ के पठाइयो भन्ने बारेमा पनि जानकारी दिन प्रशासनसँग माग गरिएको छ ।
२०८१ बैशाख २० गते देखि सूचना टाँस गरी कार्यालयमा गरिएको तालाबन्दी अहिले सम्म सोध खोज नगरी वेवारिसे बनाइएको र कार्यालय भवन, पसलमा समेत पानी चुहेर मर्मत सम्भार गर्न आवश्यक भएकोले दुबै ताला चापी सबैको रोहवरमा खोल्ने र मर्मत सम्भार गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
क्लवको पछिल्लो साधारणसभा २०८० फागुन १९ मा सम्पन्न
असन्तुष्ट समुहले पाँच वर्ष यता क्लवको साधारण सभा आयोजना नगरेको आरोप लगाएपनि वास्तविकता भने त्यस्तो छैन । क्लवको बार्षिक साधारणसभा २०८० फागुन १९ गते शनिबार व्यास नपा–५ स्थित मानुङकोट रिर्साेटको सभाकक्षमा सम्पन्न भएको थियो । क्लवका अध्यक्ष नरेन्द्रराज वाग्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको व्यास नपा वडा नम्बर ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा क्लवका संरक्षक ९२ बर्षिय जेष्ठ नागरिक मेखबहादुर गुरुङ, ऋषिङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बुद्धिमान राना मगर, समाजसेवी हरिराज कंडेल, चन्द्रज्योती मावि घिरिंङका निमित्त प्रअ जनक सिग्देल, सिद्धार्थ मावि भिमाद शिअसंघका अध्यक्ष दामोदर लम्साल, राधा मावि जामुनेका विव्यस अधयक्ष छविलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार नै आफुहरुले स्थानीय पत्रिकामा सुचना प्रकाशित गरि प्रक्रिया पु¥याएर साधारण सभा आयोजना गरेको वाग्लेले बताए । साथै सोही साधारणसभाले क्लवले जिल्लाका १० वटै स्थानाीय तहमा क्लवको शाखा विस्तार गर्ने र ३० वर्ष मुनीका युवाहरुलाई क्लवको सदस्यता दिने निर्णय गरेको वाग्लेले जानकारी दिए ।
उक्त साधारणसभा रोक्न असन्तुष्ट समुहले जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएकोमा प्रशासनले उनीहरुले माग गरे अनुसारको आदेश नदिएपछि संमग क्लव दमौलीको नाममा अर्काको भवनमा अबैधानिक रुपमा भेला गरेको वाग्लेले आरोप लगाए । त्यस्तै क्लवले नियमित लेखापरिक्षण गर्दै आएको पनि वाग्लेले बताए । (लोकवाणी दैनिकबाट)