बेवारिसे लास सनाखतकोलागि सहयोग गर्न तनहुँ प्रहरीको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २३

तनहुँ प्रहरीले बेवारिसे लास सनाखतकोलागि सहयोग गर्न अनुरोध गरेको छ ।

गत बैशाख १९ गते राती दमौली अस्पतालमा मृत्यु भएका खैरो रंङको ज्याकेट, निलो रङको पाईन्ट लगाएको, उचाई ५ फिट ६ इन्च भएको अन्दाजी ४०÷४५ वर्ष को जस्तो देखिने पुरुष ब्यक्तिको लाशको कसैले चिन्नु भएको भए जिल्ला प्रहरी कार्यालय, तनहुँ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्नुहुन तनहुँ प्रहरीले अनुरोध गरेको छ ।

गत २०८२ बैशाख १९ गते ब्यास नपा वडा नम्बर ४ जलदेवि टोल स्थित सडक छेउमा नाम, थर, वतन नखलेको अन्दाजी ४०÷४५ वर्षको पुरुष ब्यक्ति बिरामी भई बेवारिसे अवस्थामा फेला पारी निजलाई तत्काल उद्धार गरी उपचारको लागि प्रदेश अस्पताल दमौली पठाईएकोमा उपचारको क्रममा सोही दिन राती मृत्यु भएको हुँदा सो घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धानको सम्पन्न गरी शव पोष्टमार्टमको लागि प्रदेश अस्पताल दमौली, तनहुँको शव गृहमा राखिएको र हालसम्म पनि उक्त शवको सनाखत हुन नसकेकोले उक्त शव सनाखतकोलागि तनहुँ प्रहरीले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास