मातापिता सेवा आश्रमद्वारा देवघाटका १३० विपन्न व्यक्तिलाई खाद्यान्न वितरण

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख २३

देवघाटका १३० विपन्न घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । मातापिता सेवा आश्रमद्वारा गत माघ महिनामा सन्चालित देवघाट महा–महोत्सवको क्रममा संकलित खाद्यान्न देवघाटका पाँच वटै वडाका विपन्न १३० घरधुरीलाई वितरण गरिएको हो ।

देवघाट–५ स्थित निर्माणाधिन मातामिता सेवा आश्रमको प्राङ्गणमा आयोजित कार्यक्रममा मातापिता सेवा आश्रमका संयोजक इश्वरकृष्ण महाराज, देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर लगायतले देवघाटका विपन्न घरधुरीलाई उक्त खाद्यान्न वितरण गरिएको हो ।

प्रत्येक घरधुरीलाई ३५ केजी चामल, ६ केजी तेल र १ केजी नुनको दरले वितरण गरिएको इश्वरकृष्ण महाराजले बताए । उनले देवघाट महा–महोत्सवमा संकलित खाद्यान्न यस अघि देशभरका ५० भन्दा बढि गुरुकुल तथा अनाथ आश्रममा समेत वितरण गरिसकिएको र अहिले बाँकी रहेको खाद्यान्न देवघाटका विपन्न घरधुरीलाई वितरण गरिएको बताए ।

मातापिता सेवा आश्रमका अध्यक्ष श्याम गौतमले महा–महोत्सवमा संकलित खाद्यान्न देवघाटका विपन्नबर्गलाई वितरण गरिएको बताए । देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले महा–महोत्सवमा संकलित खाद्यान्न देवघाटका विपन्न वर्गका घरधुरीलाई वितरण गर्ने कार्य ज्यादै सकारात्मक भएको बताए । उनले देवघाटको समाज र मातापिता सेवा आश्रमको सम्बन्ध निकै राम्रो भएको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका