युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २५

विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा विहिबार क्याम्पस परिसरमा रक्तदान कार्यक्रम आयोजना भयो । उक्त रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत सङ्कलन भएको छ ।

युवा रेडक्रस सर्कल आदिकविका अध्यक्ष सुमन खड्का अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले रगतको विकल्प नभएकाले सबैमा रक्तदान गर्न अपिल गरेका थिए । उक्त कार्यक्रममा क्याम्पस सन्चालक समितिका सदस्य मोहन गिरी, नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, नेरेसो तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले र स्ववियु अध्यक्ष अनुप आले मगर लगायतले रेडक्रस र रक्तदानको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम नेरेसो क्षेत्रीय रक्त संचार चितवनको प्राविधिक सहयोगमा भएको थियो । कार्यक्रममा नेरेसो तनहुँ उपसभापति नारयणी अधिकारी रेडक्रस सिद्धान्त वाचन गरेकी थिइन् । स्वागत मन्तव्य युरेस आदिकविका शिक्षक नायक रुपक श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन युरेस आदिकवि सचिव मौसमी थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको