कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

अन्जान परियार । घरिङ, बैशाख २९

घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न भएको छ । उक्त शिक्षालयमा गत फागुन २१ गते देखि सञ्चालन भएको ६५ दिने तालिम हालै सम्पन्न भएको हो । उक्त तालिममा तनहुँ, गोर्खा, लमजुङ, पाल्पा र स्याङ्जा लगायतका जिल्लाहरूबाट करिब २० जना सहभागी थिए ।

उक्त तालिममा व्यवहारिक रूपमा ज्ञान र सिप प्रयोग गरेर आफ्नो हेरविचार गर्न नसक्ने, बिरामी, वृद्ध, शारिरिक, मानसिक अपाङ्गता भएका व्यक्तीलाई खुवाउने, हिडडुल गर्न सिकाउने तथा उसको सहयोगिको रुपमा औषधी उपचारमा सहयोग गर्ने सीप सिकाइएको थियो । प्रशिक्षार्थीहरुलाई मेट्रोसिटी हस्पिटल पोखराका चिकित्सकहरुले प्रयोगात्मक अभ्यास सहितको तालिम दिएको कालीगण्डकी बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए ।

सो तालीमको समापन कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले कार्यक्रममा शैक्षिक योग्यता धेरै भएकाहरु पनि बेरोजगारी छन, तर प्राविधिक सीप सिकेपछि स्वरोजगार बन्न सजिलो हुने तथा आफुसँग भएको सीप अनुसारको काममा विदेश जाँदा राम्रो आम्दानी हुने बताए । उनले भने ‘प्रत्येक घरमा यो सेवाको जरुरत पर्छ वृद्ध, बिरामी, अशक्तहरूको हेरचाह गर्न सक्ने, सुगर प्रेसर जाँच तथा बिरामीलाई खाना पकाउने, खुवाउने तरिका, दिशापिसाब, खकार लगायत व्यवस्थापन गर्न सक्नु तालिमको उपलब्धि हो’ । उक्त तालिमबाट स्वास्थ्य संस्थामा मात्र नभई परिवारभित्र पनि हेरचाह कर्ताको रुपमा सेवा गरी सिपको सदुपयोग गर्न सबै अध्यक्ष थापाले प्रशिक्षार्थीलाई सुझाव दिए ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रविचन्द्र घोरासेनीले भनाइमा केयर गिभर भनिएता पनि स्टाफ नर्स सरहकै जिम्मेवारी हुने बताउँदै घिरिङ जस्तो ग्रामीण ठाउँमा केयर गिभर तालिम सञ्चालन हुनुमा खुसी व्यक्त गरे । सो तालीमलाई दुई जना स्टाफ नर्स र दुई जना अनमीद्वारा प्रशिक्षण दिएको थियो । समापन कार्यक्रमको सञ्चालन जङ्ग बहादुर नेसुरले गरेका थिए भने स्वागत मन्तव्य हिमाल तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता