देवघाटका महिलाहरुलाई मादल बजाउने तालिम

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, बैशाख २९

देवघाट गाउँपालिकाको आर्थिक सहयोग र देवघाट महिला संजालको आयोजनामा देवघाटका महिलाहरुलाई मादल बजाउने तालिम सुरु भएको छ ।

संस्कृतीको संरक्षण र महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । अध्यक्ष थापाले यस तालिम देवघाटमा पहिलो पटक आयोजना गरिएको भन्दै तालिम फलदायी भएमा भविष्यमा पनि यस्तै तालिम आयोजना गर्न सकिने बताए । भोलिको दिनमा मादल बजाउने कामले मानिसलाइ जिविकोपार्जनमा पनि जोड्न सकिने अध्यक्ष थापाले बताए । मानिसहरुलाई मानसिक रुपमा सन्तुलन गराउन पनि सास्कृतिक कार्यक्रमले ठुलो योगदान पु¥याउने भन्दै अध्यक्ष थापाले बताए भोलीको दिनमा संस्कृती संरक्षणको लागि मादल बजाउन जान्नुपर्ने बताए ।

वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवरले मादल बजाउने कार्यक्रम मगरहरुको बस्ती रहेको पाल्पाबाट सुरु भएको बताए । उनले भोजभतेर, भजनकृतन हुँदा मादल बजाउने मान्छे नपाइने भएकोले यस तलिम पछि देवघाटमा त्यस्तो समस्या हट्ने विश्वास व्यक्त गरे ।

देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनालले संस्कृती संरक्षणकोलागि यस खाले तालिम उपयोगी बन्ने बताईन् । देवघाट गाउँपालिकाले कला र संस्कृतीको संरक्षणकोलागि सन्जाललाई सहयोग गर्दै आएको उनले बताइन् । उनले आफुले सिकेको सीप बाट पनि जिविकोपार्जन गर्न सकिन भन्दै उक्त सीप अरुलाई पनि सिकाउनुपर्नेमा जोड दिइन् ।

देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीउ अधिकृत रामप्रसाद सापकोटाले हरेक घर–घरमा मादल बजाउन जान्ने हो भन्ने सस्कृती संरक्षणमा सहयोग पुग्ने बताए । महिला सन्जालका वडा न ५ का अध्यक्ष नर माया सिंजालीले अबको समयमा सीप सिक्दै महिलाहरु पनि अगाडि बढ्न पर्ने बताइन् । उक्त कार्यक्रममा महिला सन्जालकी उपाध्यक्ष माया शर्मा, सचिव एलिजा अधिकारी क्षेत्री लगायतले तालिमको महत्वको बारेमा मन्तव्य राखेका थिए । १० दिनसम्म चल्ने उक्त तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र