बन्दीपुर अस्पताल र केबलकारबीच सहकार्यः बीमित सेवाग्राहीलाई सहुलियतसहित सेवा

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २९

तनहुँको बन्दीपुरमा अब स्वास्थ्य सेवा र यातायात पहुँच अझ सहज हुने भएको छ । स्थानीय स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन र क्षेत्रीय समन्वयलाई मजबुत पार्न बन्दीपुर अस्पताल र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडबीच औपचारिक सहकार्य सम्झौता भएको छ ।

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई बन्दीपुर अस्पताललाई आफ्नो प्रथम सेवा विन्दुका रूपमा रोजेका बीमित सेवाग्राहीहरुले केबलकारको दुईतर्फी यात्रामा सहुलियत प्राप्त गर्नेछन् । उक्त सुविधा बन्दीपुर गाउँपालिका मात्र नभई, भानु, गोर्खा, आँबुखैरेनी, व्यास क्षेत्रका सेवाग्राहीले पनि उपयोग गर्न सक्नेछन् ।

त्यस्तै, बन्दीपुर गाउँपालिका अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य स्वास्थ्य सेवा प्रदायकहरूले समेत ठुलोढुंगादेखि बन्दीपुरसम्मको केवलकार यात्रा सहुलियत दरमा गर्न पाउने व्यवस्था मिलाइएको छ । यसले आपतकालीन स्वास्थ्य सेवा पु¥याउन सहज हुने तथा अस्पतालमा बिरामीको पहुँच सरल हुने बन्दीपुर केबलकार ऐन टुरिजमका का.मु प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले बताए ।

सहकार्य अन्तर्गत, अस्पतालले आपतकालीन अवस्थामा उद्धार सेवा प्रदान गर्ने तथा केवलकार स्टेशनमा एम्बुलेन्स व्यवस्था गर्ने जिम्मेवारी लिएको छ । उता, केवलकार कम्पनीले बीमा कार्ड तथा सम्बन्धित कागजातको आधारमा सहुलियत दिने छ । बीमा कार्ड निष्क्रिय भएमा वा आवश्यक कागजात पेश नगरेमा सहुलियत नपाइने जनाएको छ ।

बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल गिरी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका का.मु प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठबीच यस सम्बन्धमा पाँच पृष्ठ लामो सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र