दमौली अस्पतालको स्तरोन्नती, १५ बाट ५० शैयामा स्तरबृद्धि

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १३

दमौलीमा रहेको दमौली प्रादेशिक अस्पतालको स्तरोन्नती भएको छ । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरिषदको बैठकले दमौली प्रादेशिक अस्पताललाई १५ बाट ५० शैयामा स्तरबृद्धि गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिएका छन् ।
गन्डकी प्रदेश सरकारले आफ्ना मातहतका दमौली अस्पताल सहित सवै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आफु मातहत रहेका थप ९ अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । यसअघि दुई आयुर्वेदिक अस्पताल सहित चार अस्पतालको स्तरोन्नति गरिएको थियो । अव गण्डकी प्रदेशमा स्तरोन्नति गरिएका अस्पतालहरुको संख्या १३ पुगेको छ ।

स्वास्थ्य मन्त्री कृष्ण पाठकका अनुसार दमौली प्रादेशिक अस्पताल सहित पर्वत र स्याङ्जा अस्पताललाई पनि १५ बाट ५० शैयामा स्तरबृद्धि गरिएको हो । त्यस्तै २५ शैया क्षमता रहेको पोखराको मातृ शिशु अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने निर्णय भएको छ । पोखराको जनरल तथा सरुवा रोग अस्पताललाई २५ शैयाबाट ५० शैयामा स्तरोन्नति गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मनाङ र मुस्ताङ प्रदेश अस्पताललाई २५ शैयामा स्तरोन्नति गर्ने निर्णय भएको छ । हाल दुवै अस्पतालको क्षमता १५ शैया मात्रै छ ।

बागलुङको धौलागिरि प्रादेशिक अस्पताल र नवलपुरको मध्य विन्दु प्रादेशिक अस्पताललाई १ सय बेडमा स्तरोन्नति गर्न लागिएको छ । धौलागिरि अस्पतालमा हाल ५० शैया र मध्य विन्दु २५ शैया क्षमतामा चलिरहेका छन् । चालू वर्षदेखि नै गोरखाको आँप पिपल अस्पताल र बागलुङको बुर्तीबाङ अस्पताल प्रदेश मातहत ल्याएर ५० शैया क्षमतामा सञ्चालन गरिएको छ । धौलागिरी आयुर्वेद अस्पताल बागलुङ र गण्डकी आयुर्वेद अस्पताल पोखरालाई पनि यसअघि नै २५ शैयामा स्तरोन्नति गरिएको छ ।

स्तरोन्नति अगाडि २ सय २० शैया रहेका यहाँका अस्पतालको क्षमता अब भने ६ सय ५० शैया र दरबन्दी संख्या ८ सय २७ हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री पाठकले स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने बताए ।

एक सय शैयाको अस्पतालले प्राविधिक विषय पढाउन पाउने व्यवस्था रहेकाले सोही अनुसार अस्पतालको स्तरोन्नति गरिएको र प्राविधिक विषय अध्ययन प्रक्रियालाई समेत अघि बढाइने मन्त्री पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय