देवघाट कलेज विपन्न अभिभावक र विद्यार्थीको लागि होः अध्यक्ष श्रेष्ठ

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १३

प्रस्तावित देवघाट कलेज स्थापना एवं सहकार्य सन्चालक समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले देवघाट कलेज विपन्न अभिभावक र विद्यार्थीको लागि सन्चालनमा ल्याउन लागिएको बताएका छन् ।

‘जसको आर्थिक अवस्था कमजोर छ, तर आफ्नो युवाबच्चालाई उच्च शिक्षा दिलाउन चाहन्छन्, तर दुर्भाग्यवश उनीहरूले कसैबाट पनि सहयोग पाएका छैनन्’ डा.श्रेष्ठले भने ‘हो, देवघाट कलेजले यस्ता परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर दिन गइरहेको छ । केवल शिक्षा मात्र होइन, ती विद्यार्थीहरूले आफैँ काम गरेर पढ्न सक्ने वातावरण पनि पाउनेछन् ।’

आर्थिक अवस्था सवल भएका अभिभावक र विद्यार्थी नारायणगढ, गैडाकोट वा काठमाडौंमा गएर पढ्न सक्छन् तर विपन्न वर्गका विद्यार्थीहरुले बाहिर गएर पढ्न नसक्ने हुँदा देवघाटमै सर्वसुलभमै उच्च शिक्षा दिने उद्धेश्यले देवघाट कलेज स्थापना गर्न लागिएको डा.श्रेष्ठले बताएका छन् ।

‘देवघाट कलेज २०८२ सालको भदौदेखि औपचारिक रूपमा सन्चालनमा आउने भन्दै उनले त्यसपछि हामी सबै खुशी हुनेछौँ र यसबाट सबैभन्दा धेरै फाइदा तिनै विद्यार्थीहरूले पाउनेछन्, विशेष गरी देउघाट क्षेत्रका ।’ उनले भनेका छन् ‘त्यसैले तपाईंको मूल्यवान समय नगुमाउनुहोस्, साथै अनावश्यक खर्चबाट बच्न देवघाट कलेजमा नै भर्ना गराउनुहोस् ।’ यदि तपाईंले देवघाट कलेजमा भर्ना नगर्ने निर्णय गर्नुभयो भने, तपाईंले धेरै समय खेर फाल्नुका साथै नारायणगढ, गैडाकोट वा काठमाडौंजस्ता स्थानमा अनावश्यक खर्च गर्नुपर्ने हुन सक्ने उनले बताए ।

देवघाट कलेज देवघाटको वडा नम्बर १, २, ३, ४ र ५ का साथै छिमेकी स्थानहरू जस्तै काबिलास, रामनगर आदि स्थानका विद्यार्थीहरूका लागि उत्कृष्ट विकल्प बन्ने श्रेष्ठले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय