घिरिङको राष्ट्रिय माविका विद्यार्थीहरूलाई एक लाख बराबरको पोशाक वितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, जेठ १३

घिरिङ गाउँपालिका–२ मा रहेको राष्ट्रिय माविका विद्यार्थीहरूलाई खेलकुद पोशाक (ट्रयाक सेट) वितरण गरिएको छ । हाल अमेरिका बसोबास गर्दै आएका खेम काङ्गभा लिम्बु (राजु) र धर्मपत्नी गिता बुढाथोकी मगरद्वारा मामा रामकुमार बुढाथोकीको ४५ औं पुण्य तिथिको  अवसरमा विद्यालयमा अध्ययनरत एकासी जना विद्यार्थी हरुलाई एक लाख बराबरको पोशाक वितरण गरिएको हो ।

उक्त विद्यालयको प्राङ्गणमा आइतबार पोशाक वितरण कार्यक्रम आयोजना गरी सहयोगी दाताकी दिदी रिता आलेद्वारा विद्यार्थीहरूलाई कपडा हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल सिं थापाको अध्यक्षतामा भएको यस कार्यक्रममा विद्यालयको तर्फबाट सहयोगी दाताको प्रतिनिधि रिता आलेलाई सम्मानपत्र र खादाले सम्मान गरिएको थियो ।

सो कार्यक्रममा विद्यालयका प्रअ जित बहादुर आले, शिक्षक लोक बहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष दिल बहादुर नेपाली, विद्यालय व्यवस्थापन समितिका सदस्य दिपक परियार र विद्यार्थीको तर्फबाट सागर परियारले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक दिल कुमार विकले गरेका थिए भने स्वागत मन्तव्य शिक्षिका कमला थापाले राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय