देवघाटले विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाउने

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १३

देवघाट गाउँपालिकाले विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाउने भएको छ । देवघाटले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाउन लागेको हो ।

पालिका स्तरीय गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा जेठ १ गते टोल, विद्यालय परिसर, मठ मन्दिर, स्वास्थ्य चौकी, खानेपानीका मुहान लगायतका महत्वपुर्ण स्थानमा सरसफाई गरिने भएको छ । सोही दिन साँझ आ–आफ्नो घर परिसर, सरकारी तथा गैरसरकारी कार्यालयमा, उद्योग व्यवसाय तथा संघ संस्थामा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरि गणतन्त्र दिवसको दिन जेठ १५ गते हाटबजार परिसरमा शुभकामना आदान प्रदान, सांस्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिने भएको छ भने साँझ दिप प्रज्वलन गरिनेछ ।

त्यस्तै जेठ १६ गते साँँझ पनि साँझ आ–आफ्नो घर परिसर, सरकारी तथा गैरसरकारी कार्यालयमा, उद्योग व्यवसाय तथा संघ संस्थामा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय