भिमाद–५ मा सुत्केरी महिलालाई कुखुराको भाले र पोषण सामग्री वितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार । भिमाद, जेठ १७

भिमाद नगरपालिका–५ मा रहेका सुत्केरी महिलाहरूलाई कुखुराको भाले, घ्यू, सरसफाई तथा पोषण सामग्री वितरण गरिएको छ । गर्भवती, सुत्केरी महिला तथा बालबालिकाको पोषण सुदृढ लक्षित कार्यक्रम आयोजना गरी शुक्रबार ऋषिङपाटन आधारभूत स्वास्थ्य सेवा केन्द्रमा १६ जना सुत्केरी महिलालाई उक्त सामग्री वितरण गरिएको हो ।

वडा नम्बर ५ का वडा अध्यक्ष पदम बहादुर थापाले उनीहरुलाई पोषण वृद्धिका लागि कुखुराको भाले र घ्यू, साथै व्यक्तिगत सरसफाइका सामग्रीहरू नुहाउने साबुन, लुगा धुने साबुन, सरफ, नङकट, पेन्टी, मञ्जन र ब्रस हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले सुत्केरी तथा गर्भवती महिलाले गर्भावस्थामा आराम र पोषिलो खानेकुरा सेवन गरी आफू र बच्चा दुवैलाई स्वस्थ, सुरक्षित र निरोगी बनाउन उक्त सामग्री वितरण गरिएको बताए। मातृ तथा शिशु स्वास्थ्यमा यस्ता कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने हुँदा अध्यक्ष थापाले यसलाई आफ्नो वडाको मुख्य जिम्मेवारीको रूपमा लिएको बताए ।

यसैगरी नियमित रूपमा गर्भ परीक्षण गराउँदै आएका २८ जना गर्भवती महिलाहरू र जन्मिए देखि २३ महिना सम्मका २० जना शिशुहरूलाई तौल वृद्धि गर्ने उद्देश्यले अण्डा प्रदान गरिएको थियो। पूर्ण खोप प्राप्त गरिसकेका १० जना बालबालिकाहरू लाई काजु, बदाम, किसमिस तथा ओखर वितरण गरी कम तौल भएका ३ जना बालबालिकालाई अण्डा र गेडागुडी दिइएको कार्यपालिका सदस्य संगीता बिकले बताएकी थिइन् ।

कार्यक्रममा सहभागी गर्भवती तथा सुत्केरी महिलाहरूले सामग्री पाएपछि खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा