देवघाटका नरबहादुरले खने कुटो र गैंटीले ३ सय मिटर बाटो, गाउँपालिकाले गर्यो सम्मान

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, जेठ १७

देवघाट गाउापालिका वडा नम्बर १ का नर वहादुर गुरुङले एक्लैले ३ सय मिटर बाटो खनेका छन् । उनले तिन महिना लगाएर कुटो, कोदालो, गैंटी र बेल्चा प्रयोग गरेर बाँदर समेत लड्ने भिरमा ३ सय मिटर बाटो खनेका हुन् ।

वडा नम्बर १ को अर्बाेट र सालडाडा गाउँ जाने बाटो नभएपछि उनले वडा कार्यालय मार्फत बाटो खन्न माग गरेका थिए । आफ्नो माग सुनुवाई नभएपछि उनले एक्लैले बाटो खनेका हुन् । बाँदर समेत लड्ने भिरमा आफ्नो ज्यान जोखिममा पारेर गुरुङले गत पुस १ गतेदेखी चैत ५ गते सम्म बाटो खन्दा गाउँलेहरुले भने उनलाई उडाउने गर्ने । केही काम पाईनस् भन्दै गाउँलेहरुले भनेको बचन समेत वास्ता नगरेर आफुले निरन्तर बाटो खनेर गाउँ जान सहज बनाएको नरबहादुरले बताए ।

तिन महिना भोक, प्यास र घाम पानी समेत नभनी खनेको बाटोमा आजकल गाउँलेहरु सजिलोसँग हिडेको देख्दा आफुलाई निकै खुसी लागेको उनले बताए । देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणीराज गुरुङले नरबहादुरले गाउँजाने बाटो खनेर उदाहरणीय काम गरेको बताए ।

एक्लैको प्रयासमा बाटो खनेर विकासको काममा सहयोग पु¥याएको भन्दै नरबहादुरलाई देवघाट गाउँपालिकाले सम्मान गरेको छ । गत जेठ १५ गते आयोजित गणतन्त्र दिवसको कार्यक्रममा ग्रामिण विकासमा टेवा पु¥याएको भन्दै उनलाई गाउँपालिकाको तर्फबाट नगद ५० हजार र कदरपत्रले सम्मान गरेको थियो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले विकासको काममा सरकारको मुख नताकिकन नरबहादुरले निरन्तर गरेको बताए । उनको कामले आफु प्रभावित भएको भन्दै गणतन्त्र दिवसको अवसरमा सम्मान गरिएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक