भोलीबाट देशभर सार्वजानिक यातायात बन्द

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १८

सार्वजानिक यातयात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा भोली सोमबारबाट देशभर सार्वजानिक यातयात बन्द हुने भएको छ । सार्वजानिक यातयात बचाउ केन्द्रीय संघर्ष समिति सार्वजानिक यातयात केन्द्रीय महासंघ नेपाल, नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातयात व्यवसायी महासंघ, नेपाल यातयात स्वतन्त्र मजदुर संगठन, नेपाल यातयात मजदुर संघ, अखिल नेपाल यातयात मजदुर संघ तथा एकिकृत यातयात मजदुर संगठनको आह्वानमा भोलीबाट सबै सार्वजानिक सवारी साधन मिती घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको छ ।

गण्डकी प्रदेश सरकारले देशको संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुने गरि राईडर शेयरिङ्को नाममा निजी प्रयोजनको लागी खरिद गरिएका पुराना १० बर्षे २ पाङ्ग्रे सवारी साधन, १५ बर्षे पुराना निजी ४ पाङ्ग्रे सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्ने गरि गत २०८२ बैशाख ३१ गते गण्डकी प्रदेश सरकारको मन्त्री परिषदबाट निर्णय गरि २०८२ जेठ ११ गते गण्डकी प्रदेश राईड शेयरिङ्ग नियमावली २०८२ राजपत्र प्रकाशित गरि निजी सवारी साधनलाई भाडामा सन्चालन गर्ने गरि नियमावली बनाई कार्यान्वयन तर्फ अगाडी बढेको सार्वजानिक यातयात बचाउ केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

गन्डकी प्रदेश सरकारको उक्त निर्णय स्थगित गर्न गण्डकी प्रदेश सरकार, संघीय सरकारका सम्बन्धित मन्त्रालहरुयमा माग पत्र सहित पटक–पटक ध्यानाकर्षण पत्र बुझाई यथाशिघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाई नभएको हुदा यातयात व्यवसायी, मजदुरका समस्या राखी ७ बँुदे माग पत्र नेपाल सरकार समक्ष पेश गरेका संघर्ष समितिले जनाएको छ ।

उक्त मागको बारेमा हालसम्म पनि नेपाल सरकारले सुनुवाई नगरेको हुँदा बाध्य भई जेठ १९ गतेदेखी सबै सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको संघर्ष समितिले जनाएको छ । यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुदा यातयात बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरुलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरि सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा संघर्ष समितिले अनुरोध गरेको छ ।

यसैगरि सार्वजानिक यातयात बचाउ संघर्ष समिति गन्डकी प्रदेशले गण्डकी प्रदेश सरकार द्वारा रातो नम्बर प्लेटका दुई पाङग्रे तथा चार पाङग्रे सवारी साधनले सार्वजनिक सवारी साधनले सरह यात्रु ओसारपोसार गर्न पाउने गरी जारी गरेको राइड शेयरिङ नियमावली २०८२ को बिरोधमा सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुले मिति गत जेठ १६ गतेदेखी गन्डकी प्रदेश भर आफ्ना सवारी साधनहरु घर ग्यारेजमा खडा गरी संविधानले दिएको अधिकार प्रयोग गरी शान्तिपूर्ण आन्दोलनमा रहेको जनाएको छ ।

उक्त विषयमा गण्डकी प्रदेश सरकारले वार्ता समिति गठन गरेपछि समितिले सरकारी वार्ता समितिका संयोजकसँग अनौपचारिक रुपमा छलफल गरी फर्केको र त्यसपछि प्रदेश सरकारबाट वार्ता र संवादका विषयमा कुनै पनि पत्राचार, टेलिफोन संवाद नभएको जानकारी गराएको छ । संघर्ष समिति गन्डकी प्रदेशका संयोजक केदार प्रसाद पौडेलले सरकारले वार्ता सफल भएको भन्ने झुटो प्रचरा गरेको भन्दै उक्त भ्रममा नपर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय