ऋषिङमा छातीरोग सम्बन्धी निशुल्क एक्सरे शिविर हुने

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । ऋषिङ, जेठ २०

ऋषिङ गाउँपालिका–८ स्थित ऋषिङ रानीपोखरी स्वास्थ्य चौकीमा छातीरोग सम्बन्धी एक दिने निःशुल्क एक्सरे शिविर सञ्चालन हुने भएको छ ।

ऋषिङ गाउँपालिकाको सहयोग तथा युएनडिपि (जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था जान्त्रा) को संयुक्त आयोजनामा मंगलबार जेठ २१ गते उक्त शिविर सञ्चालन हुने भएको हो ।

उक्त शिविरमा आधुनिक प्रविधियुक्त एआई जडित डिजिटल एक्सरे मेशिनको प्रयोग गरी छातीरोग परीक्षण गरिने छ । साथै, रक्तचाप (प्रेसर) र रगतमा ग्लुकोजको मात्रा (सुगर) समेत परीक्षण गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सो शिविरमा वडा नम्बर ८ तथा छिमेकी वडाका सबै स्थानीयहरुलाई समयमै उपस्थित भई स्वास्थ्य परीक्षण गराउन गाउँपालिकाले सूचना जारी गरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण