ऋषिङमा छातीरोग सम्बन्धी निशुल्क एक्सरे शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । तनहुँ, जेठ २१

ऋषिङ गाउँपालिका–८ स्थित ऋषिङ रानीपोखरी स्वास्थ्य चौकीमा बुधबार छातीरोग सम्बन्धी निःशुल्क एक्सरे शिविर सञ्चालन भएको छ । ऋषिङ गाउँपालिकाको सहयोग तथा युएनडिपि (जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था जान्त्रा) को संयुक्त आयोजनामा आगामी जेठ २१ गते उक्त शिविर सञ्चालन भएको हो ।

उक्त शिविरमा आधुनिक प्रविधियुक्त एआई जडित डिजिटल एक्सरे मेशिनको प्रयोग गरी छातीरोग परीक्षण गरिएको थियो । साथै, रक्तचाप (प्रेसर) र रगतमा ग्लुकोजको मात्रा (सुगर) समेत परीक्षण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

एक्सरे द्वारा छातिरोग सम्बन्धि उक्त खोजपडताल शिबिरमा जम्मा ३९० जनाले जाँच गरेकोमा ९ जना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती