मनपाङमा नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २४

नेपाल पत्रकार महासङ्घ तनहुँको घुम्ती बैठक म्याग्दे गाउँपालिका–६ मनपाङमा शनिबार सम्पन्न भएको छ । मनपाङस्थित थानीमाइ देवी मन्दिर परिसरमा बसेको बैठकले जिल्लास्थित स्थानीय तह, सरकारी कार्यालयबाट प्रवाह हुने सूचना नेपाल पत्रकार महासङ्घ तनहुँमार्फत् एकद्वार प्रणालीबाट प्रवाह गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्लास्थित सञ्चारमाध्यमलाई दीर्घकालिन बनाउन सरकारी कार्यालयबाट प्रवाह गरिने सूचनालाई समानुपातिक हिसाबले वितरण गर्न एकद्वार प्रणाली उपयुक्त रहेको शाखाका अध्यक्ष धनपति (डिपी) अधिकारीले बताए ।

बैठकले म्याग्दे गाउँपालिका–६ मनपाङको पर्यटन प्रबद्र्धनका लागि सबै सञ्चारमाध्यमलाई प्रचारप्रसार गरिदिन आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पर्यटनको प्रचुर सम्भावना बोकेको मनपाङ गाउँको होमस्टे प्रबद्र्धनका लागि सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न सहयोग गरेकामा गाउँपालिकालाई धन्यवाद दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता