घिरिङमा छातिरोग सम्बन्धी निःशुल्क खोजपड्ताल शिविरमा ३४५ जनाले स्वास्थ्य परिक्षण गराए

Devghat Online

शेयर गरौ

समर रानाभाट । तनहुँ, जेठ २३

घिरिङ गाउँपालिका–५ स्थित कामधेनु माध्यमिक विद्यालयमा बिहिबार छातीरोग सम्बन्धी खोजपड्ताल निःशुल्क एक्सरे शिविर सञ्चालन भएको छ । घिरिङ गाउँपालिकाको समन्वय तथा व्यवस्थापन, जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र प्रदेश जनस्वास्थ्य तनहुँको संयुक्त आयोजनामा जेठ २२ गते उक्त शिविर सञ्चालन भएको हो । उक्त शिविरमा आधुनिक प्रविधियुक्त एआई जडित डिजिटल एक्सरे मेशिनको प्रयोग गरी छातीरोग परीक्षण गरिएको थियो । साथै, रक्तचाप (प्रेसर) र रगतमा ग्लुकोजको मात्रा (सुगर) समेत परीक्षण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख कृ्ष्ण प्रसाद रिमालले जानकारी दिए ।

एक्सरे द्वारा छातिरोग सम्बन्धि उक्त खोजपडताल शिबिरमा जम्मा ३४५ जनाले जाँच गरेकोमा १४ जना पोजेटिभ देखिएको छ । परिक्षण गरएका २७ जनाको शंकास्पद क्षयरोगिको खकार परिक्षणका लागि प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा पठाइएको छ । १४ जना क्षयरोगि बिरामीलाई उपचारको दायरामा ल्याइयको घिरिङ स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमाले बताए ।

वडा नं ५ का वडा अध्यक्ष विष्णु विर आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले गरेका थिए।अध्यक्ष थापाले स्वास्थ्य परीक्षणको महत्त्व र हस्पिटल जान नसक्ने नागरिकलाई नजिकैको शिविरमा सहभागी हुन आग्रह गरे।

यस कार्यक्रममा कामधेनु मा.वि.का प्र.अ. बल बहादुर आले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य साभुङ स्वास्थ्य चौकी प्रमुख मन प्रसाद रानाभाटले राखेका थिए भने कार्यक्रम सञ्चालन स्वास्थ्य प्रमुख कृष्ण प्रसाद रिमाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई