आँबुखैरेनीमा बजेट निर्माण, पल्स विश्लेषण तथा सामाजिक सुरक्षा कोष सम्बन्धी तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २४

आँबुखैरेनी सहकारी समन्वय समितिको आयोजनामा बजेट निर्माण, पल्स विश्लेषण तथा सामाजिक सुरक्षा कोष सम्बन्धी तालिम सम्पन्न भएको छ ।

आबुँखैरेनी सहकारी समन्वय समितिका अध्यक्ष भगवानदास मल्लको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सहकारीहरूलाई व्यवस्थित ढंगले बजेट निर्माण गर्न, वित्तीय विश्लेषण (पल्स) विधि अपनाउन तथा सामाजिक सुरक्षा कोषको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताए । यस्ता तालिमहरू सहकारीहरूको संस्थागत सुदृढीकरणमा महत्वपूर्ण हुने धारणा उनले बताए ।

उक्त कार्यक्रममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारी लगायतले प्रशिक्षण दिएका थिए । तालिममा आँबुखैरेनी गाउँपालिकाभित्र क्रियाशील विभिन्न सहकारी संस्थाहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय