शुक्लागण्डकीको बजेट १ अर्ब २४ करोड ७६ लाख

Devghat Online

शेयर गरौ

तनहुँ । असार ९

शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब २४ करोडको बजेट ल्याएको छ । सोमबार भएको १७ औं नगर सभामा मेयर कृष्णराज पण्डितले १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट पेश गरे ।

बजेटको आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएको छ । राजस्व बाँडफाँड ११ करोड ९२ लाख ६७ हजार ०२९ रुपैयाँ, शसर्त अनुदान ६३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको हो । गण्डकी प्रदेशबाट प्राप्त समानीकरण अनुदान १ करोड ९४ लाख २९ हजार रुपैयाँ, राजस्व बाँडफाँट अन्तर्गत १ करोड ६१ लख १० हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख रुपैयाँ अनुमान पेश गरिएको छ ।

नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड १० लाख २७ हजार ९३३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । घरजग्गा रजिष्ट्रेशन शुल्क १ करोड ५० लाख रुपैयाँ, संघीय सरकार समपूरक अनुदान २ करोड १८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट विशेष अनुदान ४० लाख रुपैयाँ, शशर्त अनुदान २ लाख रुपैयाँ र जनसहभागिता १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

पूर्वाधार विकासमा रुपैयाँ ११ करोड ६९ लाख ९३ हजार ६४६ रुपैयाँ, वडा कार्यालयका लागि ९ करोड २८ लाख ७८ हजार १५ रुपैयाँ, सामाजिक विकासतर्फ ६ करोड ४३ लाख ६४ हजार ८६६ रुपैयाँ, आर्थिक विकासमा १ करोड ९२ लाख ८७ हजार ८०२ रुपैयाँ, वन, वातावरण तथा विपद् २ करोड ४२ लाख ८७ हजार ८०२ रुपैयाँ, चालु प्रशासनिक खर्चतर्फ १५ करोड ८१ लख ६१ हजार २६७ रुपैयाँ छुट्याइएको छ ।

यसअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले आगामि आर्थिक बर्षमा नापजाँच सम्पन्न भएको स्थानमा लालपुर्जा वितरण गर्ने जनाए । ‘भूूमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको आफुले भोग चलन गर्दै आएको जमीनको जग्गा धनी प्रमाणपुर्जा लालपुर्जा वितरण गर्ने कार्यअन्तर्गत वडा नम्बर २, ७ र ८ का नापीनक्शा सम्पन्न भएको स्थानहरुमा यथाशिघ्र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने तथा अन्य वडाहरुमा प्रचलित कानुनबमोजिम कार्यप्रक्रिया प्राथमिकताका साथ अगाडि बढाईनेछ’, उपमेयर विकले भने ।

निजी साझेदारीमार्फत गौरवको योजना कार्यन्वयन गर्ने उनले बताए । ‘शुक्लागण्डकी नगरपालिकामा स्थायी बसोवास भई देश विदेशमा रहेका लगानीकर्ता, निजी तथा सार्वजनिक संघ संस्था, नागरिक लगानी कोष, सहकारीलाई आकर्षित गर्दै सार्वजनिक निजी सहकारी साझेदारी, नेपाल पूर्वाधार बैंक, संघीय सरकारको स्वीकृतिपश्चात लगानीमा सहभागी हुने विदेशी संघ संस्था तथा विकास साझेदार निकाय समेतसंग सहलगानी, सहुलियतपूर्ण ऋण लगानी, अनुदान स्विकार गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसरी नगरपालिका क्षेत्रभित्र लगानीको वातावरण सुधार गर्न सार्वजनिक निजी साझेदारी, सार्वजनिक निजी सहकारीको अवधारणा कार्यान्वयन गरिनेछ । यसमार्फत नगरक्षेत्रभित्र सेती नदीमा चेक ड्याम नगर रङ्गशाला, नगर सिटि हल, पर्यटन, सूचना तथा पुर्नतार्जगी केन्द्र, नगर बसपार्क जस्ता गौरवका ठूला योजना लगायतका रणनैतिक आयोजना संचालन गरिनेछ साथै नवप्रवर्तनशील उद्योगहरुको स्थापना मार्फत भौतिक पूर्वाधारको स्तरोन्नति, नवनिर्माण तथा संचालन गर्दै शुक्लागण्डकी नगरको दिगो विकासलाई तिव्रता दिईनेछ ।’

शुक्लागण्डकीको सेवा प्रवाह केन्द्रलाई व्यवस्थित गर्न अनलाइन फाइल ट्रयाकिङ प्रणाली व्यवस्थापन गर्ने जनाइएको छ । नगर गुरुयोजना तयार पारेर सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्ने उल्लेख छ । आगमी बर्ष क्षमता विकास नाममा हुने गरेका भ्रमण तथा तालिमलाई न्यूनिकरण गर्दै लग्ने नीति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय