आँबुखैरेनीका सामुदायिक विद्यालयहरूलाई स्मार्ट बोर्ड वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । असार ९

आबुँखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरेको छ । ‘जहाँ प्रविधि छ, त्यहाँ सम्भावना छ; जहाँ शिक्षा छ, त्यहाँ उज्यालो भविष्य छ’ भन्ने नारासहित आँबुखैरेनीले सामुदायिक विद्यालयहरूको शिक्षण–सिकाइ प्रक्रियामा प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले ६५ इन्चका १६ वटा एलइडी स्मार्ट बोर्ड वितरण गरेको हो ।

गाउँपालिकाको सामुदायिक शिक्षा सुधार नीति तथा कार्यक्रम अन्तर्गत प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै सोमबार विभिन्न सामुदायिक विद्यालयहरूलाई ती बोर्डहरू हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्मार्ट बोर्डको सही प्रयोगमार्फत कक्षाकोठालाई डिजिटल बनाउन सकिने र यसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, ‘स्मार्ट बोर्डको प्रयोगले शिक्षण विधिमा नवप्रवर्तन ल्याउनुका साथै सिकाइलाई अझ प्रभावकारी, रोचक र अन्तरक्रियात्मक बनाउने अपेक्षा लिएको छ ।’

गाउँपालिकाले भविष्यमा पनि प्राविधिक शिक्षामा लगानी गर्दै शिक्षाको स्तर उकास्ने कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता