व्यास नगरपालिकाको बजेट १ अर्व ७५ करोड

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

तनहुँको सबैभन्दा पुरानो नगरपालिका व्यास नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि १ अर्व ७५ करोड ८४ लाख १९ हजार रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजाननिक गरेको छ । उक्त प्रस्तावित बजेट मध्ये चालु तर्फ ५५ दशमलब ८५ प्रतिशत अर्थात ९८ करोड २० लाख ७ हजार र पुँजिगत तर्फ ४४ दशमलब १५ प्रतिशत अर्थात ७७ करोड ६४ लाख ११ हजार ६ सय रहेको छ । व्यासले गत वर्ष २ अर्व ४ करोड ९३ लाख ६७ हजारको अनुमानित आय व्यय विवरण सार्वजानिक गरेको थियो ।

बजेट सार्वजानिक गर्नु अघि मंगलबार नै भएको नगर सभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले नीति कार्यक्रम पेश गरेका थिए । व्यास नगरपालिकाले पुर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवस्थित बसोबास र भुमि व्यवस्थापन, वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुँद, सुचना तथा सन्चार, आदिवासी जनजाती, दलित उत्थान, अपाङ्गता, जेष्ठ नागरिक, सुरक्षित बैदेशिक रोजगारी र सुशासन तथा दक्ष जनशक्तिलाई मुख्य बुँदामा बर्गिकरण गरि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

सो नीति तथा कार्यक्रम उपर नगरसभाका सदस्यहरू गौकुमारी न्यौपाने, जगतबहादुर क्षेत्री, हरिश्चन्द्र पन्य, सरोज भण्डारी, रनसिंह नेपाली, सुन्दर वाग्ले, डालप्रसाद घिमिरे, यज्ञ शर्मा, दुर्गा आले र जीवन गुरुङले विभिन्न सुझावहरु राख्दै छलफलमा सहभागी भएका थिए । नगरसभामा व्यास नगरपालिकाको विधायन समितिका संयोजक रमेशचन्द्र हड्खलेले व्यास नगरपालिकाका केही ऐन संशोधन गर्ने विधेयक २०८२ प्रस्ताव पेस गरेका थिए । व्यास नगरपालिकाको आगामी नगरसभा असार २५ गते बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र