तनहुँका १० वटै स्थानीय तहले बजेट ल्याए, पुर्वाधार विकास, कृषि तथा पर्यटन मुख्य प्राथमिकतामा

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मंगलबार तनहुँका १० वटै स्थानीय तहले बजेट सार्वजनिक गरे । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था भए बमोजिम तनहुँका ९ स्थानीय तहले मंगलबार एकै दिन बजेट प्रस्तुत गरेका थिए ।

शुक्लागन्डकी नगरपालिकाले भने सोमबार नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको थियो ।

तनहुँका केही स्थानीय तहले यस अघि नै नीति तथा कार्यक्रम ल्याएको भएपनि अधिकांश स्थानीय तहले मंगलबार एकै दिन नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेका थिए ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐन अनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनको एक सूचक मान्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती