देवघाट । असार १४
सभापती रवि लामिछानेलाई ‘राजनीतिक प्रतिशोध’ लगाईएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटले उक्त कार्यको विरोधमा शनिबारबाट देवघाटमा हस्ताक्षर संकलन गरेको छ ।




सभापती लामिछानेमाथी भएको ‘राजनीतिक प्रतिसोध बिरुद्ध जनताको हस्ताक्षर’ नाम दिईएको उक्त कार्यक्रम वडा नम्बर ५ को टाउनचोकमा गरिएको थियो ।

शनिरबार दिउँसो १ बजेबाट सुरु भएको उक्त कार्यक्रम अन्तर्गत एकै दिन ६ सय भन्दा बढि नागरिकले हस्तारक्षर गरेको उक्त कार्यक्रमका संयोजक सफल शर्माले जानकारी दिए ।

देवघाटमा एक महिनासम्म हस्ताक्षर कार्यक्रम गरिने र सो क्रममा सबै वडामा समेत पुग्ने शर्माले बताए ।












