सृजना चोक भेट्रान्स क्लवद्वारा बृहत बृक्षारोपण कार्यक्रम

Devghat Online

शेयर गरौ

चितवन । असार १५

राष्ट्रिय बृक्षारोपण दिबस–२०८२ को अवसरमा डिभिजन बन कार्यलयको सहयोगमा भतरपुर मनपा–७ स्थित सृजना चोक भेट्रान्स क्लवले शनिबार बृहत बृक्षारोपण कार्यक्रम भरतपुर सृजना चोकमा आयोजना ग¥यो । उक्त अवसरमा विभिन्न जातका ११५ बिरुवा रोपण गरिएको थियो ।

उक्त कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यलय चितवनका थीर बहादुर कार्की, भरतपुर–७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, भरतपुर–९ का अध्यक्ष यमलाल कडेल, भरतपुर–१० का अध्यक्ष परमेश्वर खनाल, सेन्टर कलेजका प्राचार्य यज्ञ बिलास पौडेल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरि सो कार्यक्रममा सृजना टोल बिकास संस्थाका अध्यक्ष ईन्दिरा अर्याल न्यौपाने, बुद्धचोक टोलबिकासका अध्यक्ष कुसुमाखर अधिकारी, संगम टोलबिकास, नारायणी टोल बिकास संस्था, पृथ्वी टोल बिकास संस्थाका अध्यक्ष एब विभिन्न आमा समुहका अध्यक्षहरु एब अन्य सामाजिक संघ सस्थाको सहभागीता रहेको थियो ।

क्लवका अध्यक्ष रुपकराज अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्वका उपाध्यक्ष माधब बास्तोलाले स्बागत गरेका थिए । कार्यक्रममा क्लवका संरक्षक दिवस तिवारीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको सन्चालन क्लका सचिव रबिरमण अधिकारी गरेका थिए ।

सो कार्यक्रममा डिभिजन बन कार्यलय र क्लवको संयुक्त ५ लाख ५० हजारको लागतमा व्यवस्थित रुपले बृक्षारोपण गरिएको थियो । कार्यक्रममा बक्ताहरुले बृक्षारोपण गरेर मात्रै नहुने त्यसलाई संरक्षण गरेर हुर्काउनु महत्वपूर्ण भएकोले त्यसमा ध्यान दिनुपर्ने बताएका थिए । क्लवले कल्बले पनि सम्पूर्ण ११५ वटै बिरुवालाई संरक्षण गरेर हुर्काउने प्रतिबद्धता ब्यक्त गरिएको क्लवका कोषाध्यक्ष रबिन्द्र आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण