भानुमा एक महिने हलुका सवारी साधन तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । असार १८

भानु नगरपालिकाको आयोजना तथा सिद्ध गुफा ड्राइभिङ्ग प्रशिक्षण केन्द्र प्रालि, बिमलनगरको संयोजनमा सञ्चालित एक महिने हलुका सवारी साधन तालिम सम्पन्न भएको छ ।

गत जेठ १८ गतेदेखि सन्चालित तालिम असार १७ गते सम्पन्न भएको थियो । तालिममा नगरपालिकाका १३ वटा वडाबाट १३ जना सहभागीले सवारी साधन चलाउने व्यावसायिक सीप हासिल गरेका छन् ।

तालिमको समापन कार्यक्रममा भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले तालिमका सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षण प्रमाणपत्र वितरण गरेका थिए । ‘सिप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नारासहित सञ्चालित यस तालिमले स्थानीय युवालाई आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय योगदान पु¥याउने विश्वास लिइएको नगर प्रमुख त्रिपाठीले बताए ।

उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, पुर्व उपप्रमुख आशा थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता