बन्दीपुरमा सुन्तला बगैंचा स्थापना सुरु, ३ हजार विरुवा वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । असार १८

बन्दीपुर गाउँपालिकाले सुन्तला बगैंचा स्थापना सुरु गरेको छ । वडा नम्बर ५ र ६ का किसानलाई लक्षित गरि गाउँपालिकाले सुन्तला बगैंचा स्थापनाको सुरुवात गरेको हो । सुन्तला बगैंचा स्थापनाको लागि वडा नम्बर ५ का किसानलाई तिन हजार सुन्तलाको विरुवा वितरण गरिएको छ ।

नमुना सुन्तला बगैंचा स्थापना सहित किसान परिचालन र क्षेत्रफल विस्तार कार्यक्रम अन्तर्गत बन्दिपुर गाउँपालिका–५ का किसानहरुलाई सुन्तलाका बिरुवाहरु र आवश्यक सामाग्री बितरण गरिएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले मंगलबार वडा नम्बर ५ को झारगाउँ र कोरिखाका किसानलाई सुन्तलाको विरुवा वितरण गरेका थिए । उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले गाउँपालिका भित्र कहाँ कहाँ सुन्तलाको खेती हुन्छ, त्यहाँ सन्तला बंगैचा स्थापना गर्ने उद्देश्य रहेको बताए ।

गाउँपालिकाले सुन्तलाको विरुवा वितरणकोलागि सुचना प्रकाशन गर्दा पनि कसैको निबेदन नआएको भन्दै दोश्रो प्रयासमा साना किसान सहकारी संस्था मार्फत ३ हजार विरुवा वितरण गरिएको हो बताए । उक्त कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष ध्रुवप्रसाद लामिछानेले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ