देवघाट सामाजिक संयन्त्रद्वारा भुमि सम्बन्धी समस्या समाधान गर्न आयोग र राजनीतिक दलको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

तनहुँ । असार २२

देवघाट सामाजिक संयन्त्रले भुमी सम्बन्धी समस्या समाधानकोलागि भुमी सम्बन्धी समस्या समाधान आयोग र तनहुँमा क्रियाशिल राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् । देवघाट सामाजिक संयन्त्रका अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वमा आएको टोलीले आइतबार भुमी आयोग र तनहुँका राजनीतिक दलको कार्यालयमा गई भुमी सम्बन्धी समस्या समाधान गर्न ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संयन्त्रले देवघाट गाउँपालिकाका पाँच वटै वडा अन्तर्गतका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका सयौं परिवारको तर्फबाट भन्दै उक्त ध्यानाकर्षण पत्र बुझाएका छन् ।

भूमि समस्या समाधान आयोगले प्रक्रिया सुरु गरेको वर्षौं बितिसकेको भए पनि देवघाट गाउँपालिकामा हालसम्म स्थलगत निरीक्षण अधुरो रहेको, फाराम संकलन तथा प्रमाणीकरणमा अस्पष्टता रहेको तथा लालपुर्जा वितरण प्रक्रिया निष्क्रिय देखिएको संयन्त्रले आयोगलाई बुझाएको ध्यानाकर्षणपत्रमा जनाईएको छ ।

यसरी आयोगको कार्य न त पारदर्शी, न त समयमै, न त प्रभावकारी रूपमा अगाडि बढेको देखिने भन्दै देवघाट सामाजिक संयन्त्रले यसले गर्दा जनतामा निराशा मात्र होइन, राज्यप्रति विश्वासको संकट समेत उत्पन्न भएको जनाएको छ ।

संयन्त्रले देवघाट गाउँपालिकाको प्रक्रिया किन अहिलेसम्म स्पष्ट रूपमा अघि बढ्न नसकेको, जिम्मेवार निकायबीच समन्वय गर्न आयोगले के कस्ता प्रयास गरिरहेको, आयोगको कामको सार्वजनिक रिपोर्ट वा कार्यतालिका किन प्रकाशित नगरिएको तथा प्रक्रिया सुस्त र अपारदर्शी हुँदा नागरिकलाई परेको मानसिक, सामाजिक र आर्थिक असरको जिम्मेवारी कसले लिने भन्दै आयोग समक्ष प्रश्न गरेको छ ।

संयन्त्रले आयोगले तत्काल स्थलगत प्रगति विवरण सार्वजनिक गर्नुपर्ने, देवघाट गाउँपालिकालाई प्राथमिक क्षेत्र मानेर प्रक्रिया तिव्र गतिमा अघि बढाउनुपर्ने, सम्बन्धित कार्यालय (मालपोत, नापी, वडा, गापा.) सँग समन्वय गरी मिति तोकिएको कार्यक्रम अघि सार्नुपर्ने, दलाल, भ्रष्टाचार र पहुँचको आधारमा काम हुने प्रवृत्तिमा कडा निगरानी राख्नुपर्ने माग गरेको छ । यी मागहरु यथाशिघ्र सम्बोधन नगरिए जनस्तरबाट थप दबाब कार्यक्रम र सार्वजनिक सुनुवाई अघि बढाइने संयन्त्रले चेतावनी दिएको छ ।

संयन्त्रका अध्यक्ष अर्जुन अधिकारीद्वारा हस्ताक्षर गरिएको उक्त ध्यानाकर्षण पत्र बुझ्दै भुमी आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्की र सदस्य आशा थापाले आयोगले आफ्नो काम तिब्रताका साथ गरिरहेको भन्दै अव चाँडै नै देवघाटमा जग्गाधनी पुर्जा वितरण सुरु गरिने बताए ।
यसैगरि संयन्त्रले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला कार्यालयमा गई भुमी सम्बन्धी समस्या समाधान गर्न ध्यानाकर्षण पत्र बुझाएका छन् ।

राजनीतिक दलहरुलाई बुझाएको ध्यानाकर्षण पत्रमा देवघाट गाउँपालिका पाँच वटै वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या हालसम्म पनि समाधान नहुनुमा आयोगको कामकारवाहीमा भएको ढिलाई र सुस्तता भएको भन्दै आयोगको तर्फबाट स्थलगत अध्ययनको अभाव, फाराम संकलन भए तापनि निर्णय प्रक्रियामा जटिलता, राजनीतिक तहबाट आवश्यक दबाब र निगरानीको कमी भएको जनाएको छ ।

यसले गर्दा नागरिकहरु भूमिहीनको रूपमा अन्योल र अप्ठ्यारो परिस्थितिमा जीवनयापन गर्न बाध्य भएको भन्दै जिम्मेवार राजनीतिक दल समक्ष भूमि आयोगलाई दबाब दिनुपर्ने, नीति निर्माण तहमा पीडितहरुको आवाज उठाउनुपर्ने, स्थानीय तहसँग समन्वय गरेर लालपुर्जा वितरण प्रक्रिया छिटो गर्न पहल गर्नुपर्ने, भूमिहीनहरूलाई प्राथमिकतामा राखी समाधानमुखी कदम चाल्नुपर्ने माग गर्दै संयन्त्रको मागमा राजनीतिक दलको तर्फबाट ऐक्यबद्धताको अपेक्षा गरेका छन् ।

नेपाली काँग्रेसका सभापती जितप्रकाश आले, नेकपा एमालेका अध्यक्ष हरिराज कडेंल, नेकपा माओवादीका कार्यालय सचिव बसन्त दरै र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती विश्व बास्तोलाले संयन्त्रको ध्यानाकर्षण पत्र बुझ्दै जतिसक्दो चाँडो यो समस्या समाधानकोलागि आयोगलाई दवाव दिने प्रतिबद्धता जनाएका थिए ।

देवघाट सामाजिक संयन्त्रका अध्यक्ष अर्जुन अधिकारीले आफुहरुले उठाएको माग समग्र देवघाटबासीको भएको बताए । संयन्त्रका उपाध्यक्ष एवं नेकपा एमाले देवघाट गाउँ कमिटिका सचिव शान श्रेष्ठले आयोगले गरेको कामबाट देवघाटबासी सन्तोष नभएको बताए । उनले जतिसक्दो चाँडो लालपुर्जा वितरण गर्ने काममा लाग्नुपर्ने बताए ।

उक्त ध्यानाकर्षण बुझाउने कार्यक्रममा संयन्त्रका अध्यक्ष अर्जुन अधिकारी, उपाध्यक्ष शान श्रेष्ठ, सचिव बलबहादुर क्षेत्री, कोषाध्यक्ष दुर्गाबहादुर गुरुङ र सदस्य सोमनाथ ढकाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय