देवघाट । असार २३
देवघाट गाउँपालिका–५ साँढेबगरकी क्यान्सर पीडित आइतमाया गुरुङलाई नेकपा एमाले देवघाटले आर्थिक सहयोग गरेको छ । सोमबार नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा निवर्तमान गाउँ कमिटि अध्यक्ष केशवचन्द्र न्यौपाने, एमाले जिल्ला कमिटि सदस्य कमला देवकोटा, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कमला गुरुङ, नेकपा एमाले देवघाट वडा नम्बर ५ का सचिव विष्णुबहादुर सिंजालीले क्यान्सर पीडित महिलालाई पार्टीको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराए ।



उक्त अवसरमा न्यौपानेले एमालेको तर्फबाट ११ हजार ३ सय ५ रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए । आइतमायालाई पाठेघरको क्यान्सर भएको र उनको आर्थिक अबस्था निकै कमजोर भएको हुँदा उनको उपचारकोलागि पार्टीको तर्फबाट सहयोग गरिएको न्यौपानेले बताए ।
उनको समस्या जानकारी पाएपछि जनताको सुख दुखको साथी नेकपा एमाले सँधै जनताको साथमा नै रहेको हुँदा पार्टीका साथीहरुबाट केही रकम संकलन गरि सहयोग गरिएको न्यौपानेले बताए ।












