तनहुँ । साउन ५
चर्चित गायिका कला लम्सालको नयाँ गित सार्वजनिक भएको छ । सधैं जसो तीजको समयमा गित निकाल्ने चर्चित गायिका लम्साल यसपटक भने फरक ढंगमा प्रस्तुत भएकी छन् । मौलिक, परम्परागत संस्कृतिमा आधारित तीज गित निकालेर चर्चामा आउने गरेकी उनले अहिले भने फरक तरिकाको गित निकाल्न लागेकी हुन् । गितको शिर्षक नै अन्टि लभर राखेपछि दर्शकहरुपनी सुन्न र र्हेर्न आतुर छन् ।



गितमा गायक आशिष अभिरल र कला लम्सालको स्वर रहेको छ भने शब्द संगित रमेश परियारले दिएका छन् । त्यस्तै मौसम हिमालिले निर्देशन गरेको उक्त गितमा स्वयम् गायिका लम्साल र बद्री प्रसाद तिवारीले अभिनय गरेका छन् । लम्साल परम्परागत भेसभुसा र मौलिक सस्कृंतिमा रमाउने गायिकाका रुपमा परिचित छिन् ।
परम्परागत भेषभुषामा सजिएर मौलिक कला, सस्कृतिलाई समेट्नुका साथै चेलिबेटीको यथार्थ चित्रणलाई गितमा समेट्दै आएकी उनले यो पटक दर्शकलाई फरक स्वाद दिन लागेकी हुन् । अन्टि लभर भिन्न खालको गित भएकाले दर्शक पनि सुन्न र हेर्नको लागि आतुर छन् । कला लम्साल युटुब च्यानलबाट सोमबार गितको रिलिज गरिएको छ । फरक खालको यो गितले दर्शकलाई मनोरंजन दिनेमा उनी ढुक्क छिन् ।
सोमबार गित सार्वजनिक गरिएको गायिका लम्सालले बताइन् । यो पटक फरक खालको गित लिएर आएको छु । जुन गित दर्शकले मन पराइदिनुहुन्छ भन्ने बिस्वास छ। हरेक वर्ष मौलिक तीज गित लिएर आएको भएपनि यसवर्ष स्रोताहरुलाई मनोरंजन दिलाउन फरक शैलीको गित अन्टि लभर लिएर आएकी हुँ, उनले भनिन् ।
सँधै एउटै खालको पुस्तालाई मात्र समेटेकी उनले अहिले अर्को पुस्तालाई समेटेर गित बनाएकी हुन् । गाउँले परिवेशमा आधारित रहेर आमा, दिदी बहिनिको यथार्थ कथालाई चित्रण गरेर गित बनाइरहेकी उनले पछिल्लो समय सार्वजनिक गरिएको गित भने भिन्न खालको हो ।
समाजमा घटेका घटनालाई गितको माध्यमबाट उतार्न खोजिएको छ । अन्टि लभर भन्ने बित्तिकै अन्टिहरुसँग युवाहरु नजिक हुने, घुम्ने लगायतको बुझ्न सकिन्छ । तर गित र अन्तर्य कस्तो छ भन्ने कुरा त आज सार्वजनिक भएको गित हेरेपछि मात्रै थाहा हुनेछ ।












