शुक्लागण्डकीमा पुष्पलाल स्मृति दिवस मनाइयो

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ६

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस बुधबार शुक्लागन्डकी नगरपालिकाको खैरेनीटारमा मनाइयो । नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले कम्युनिष्ट पार्टीका नेताहरु पुष्पलालको बाटोमा हिड्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य पिएल श्रेष्ठले पुष्पलालले कम्यूनिष्ट आन्दोलनलाई अविचलित रुपमा यहाँसम्म ल्याएर ठूलो गुण लगाएको बताए । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य कमल ढकाल, प्रदेश कमिटीका पूर्व सदस्य रामचन्द्र उपाध्याय, एमाले तनहुँका सचिव प्रदिपराज अधिकारी, उपसचिव खिम कुमाल लगायतले पुष्पलालको योगदानको चर्चा गरेका थिए ।

नेकपा एमाले शुक्लागण्डकीका अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिवालय सदस्य विमल जिसी र स्वागत सन्तोष वाग्लेले गरेका थिए । स्मृति दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन भानुभक्त बहमुखी क्याम्पसले क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र