कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न लागिपर्नेछुः मन्त्री न्यौपाने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ११

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न लागिपर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार तनहुँका सरकारी कार्यालयका प्रमुख तथा निजामती कर्मचारीका ट्रेड युनियनका प्रतिनिधिलाई निर्देशन दिँदै मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको न्यायिक व्यवस्थापन गरिने भन्दै संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा देखिएका धेरै समस्या हल हुने बताउनुभयो ।

संघीय निजामती ऐन प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा टेवल भएको भन्दै राष्ट्रिय सभामा दफावार छलफल पछि समितिले टुंगो लगाएर पुनः प्रतिनिधि सभामा पठाउने र चालु संसद अधिवेशनबाट संघीय निजामती ऐन जारी हुने उहाँले बताउनुभयो । संघीय निजामती ऐन जारी भएपछि कर्मचारीहरुले उठाएका धेरै विषय सम्बोधन हुने मन्त्री न्यौपानेले बताउनुभयो ।

 

अहिले कर्मचारी संघीयता संक्रमणकालमा रहेको भन्दै उक्त संक्रमणकाललाई जतिसक्दो चाँडो अन्त्य गर्ने भन्दै मन्त्री न्यौपानेले भन्नुभयो ‘तिनै तहका कर्मचारीको समस्या समाधान गरि कर्मचारीलाई उत्पाहपुर्वक काममा लाग्ने बातावरण बनाउन लागि परेको छु ।’ कर्मचारीको मात्र नभई अहिले जनताको समस्याको पनि निकै ठुलो रहेको भन्दै कर्मचारीहरुले जनताको कामलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

‘भनसुनको आधारमा भन्दा कानुनको परिधि र सिष्टममा आधारित भएर सेवा दिनुहोस्’ मन्त्री न्यौपानेले भन्नुभयो ‘जनताको काममा कुनै पनि बाहानामा ढिलासुस्ती र अलमल हुनु हुँदैन ।’ जनातामा दुई चार पैसा खर्च नगरिकन र भनसुन र पावर नलगाइकन मेरो काम बन्दै भन्ने मानसिकता रहेको भन्दै उहाँले त्यो मानसिकतालाई तोड्ने आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । जनताको विश्वास जितेर कर्मचारीहरुले कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड सजायको व्यवस्था पनि हुने उहाँले बताउनुभयो ।

मन्त्री न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा भईरहेको सेवा प्रवाहको बारेमा पनि अनुमगन गर्नु भएको थियो । मन्त्री न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कार्यालयको सेवा प्रवाह र समग्र तनहुँ जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी सहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले धारणा राख्नु भएकोथियो ।
यसैगरि न्यौपानेले आइतबार नै नेपाल निजामती कर्मचारी संगठन जिल्ला समिति तनहुँले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम एवं सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताह–२०८२ को उद्घाटन गर्दै संघीय निजामती ऐन चालु संसद अधिवेशनमै जारी हुने विश्वास दिलाउनुभयो ।

संगठनका अध्यक्ष भगवान त्रिपाठीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संगठनले बन्दीपुर गाउँपालिका–२ स्थित शान्ती आधारभुत विद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको थियो । सो कार्यक्रमको सन्चालन संगठनका सचिव विष्णु केसीले गरेका थिए ।

यसैगरि मन्त्री न्यौपानेले विचाराधिन शिक्षा विधेयक पनि यही संसद अधिवेशनमै जारी हुने बताउनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँले आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षा विधेयकमा शिक्षकका पेशागत संगठनहरुको धारणा समेटिने बताउनु भयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका अध्यक्ष बाबुराम रानाभाटको अध्यक्षतामा आयोजित कार्यक्रममा संगठनको गन्डकी प्रदेश सदस्य गौरी ज्ञवाली, जिल्ला सचिव कल्पना घिमिरे लगायतले मन्त्री न्यौपानको कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

 

यसैगरि जिल्ला समन्वय समिति तनहुँ र व्यास नगरपालिकाले पनि मन्त्री न्यौपानेको स्वागतमा आइतबार नै कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र