तनहुँमा एक वर्षमा १७९०७ जनाले लिए नागरिकता सम्बन्धी सेवा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १२

तनहुँमा गत आर्थिक वर्षमा १७ हजार ९ सय ७ जनाले नागरिकता सम्बन्धी सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार वंशजको आधारमा ८६७६ जनाले नागरिकता लिएका छन् । जसमा महिलाको संख्या ४४४२ र पुरुषको संख्या ४२३४ रहेको छ ।

यसैगरि आमाको नाममा २ महिला र १ पुरुष गरि ३ जना, गैरआवासिय ५ महिला र २४ पुरुष गरि २९ जना तथा बैबाहिक अंगिकृत नागरिकता १० जनाले लिएका छन् । यसैगरि यस अवधिमा ९१४१ जनाले वंसजको आधारमा नागरिकताको प्रतिलिपि लिएका छन् । जसमा ४४७७ महिला र ४६६४ पुरुष रहेका छन् ।

त्यस्तै ८ जना महिलाले बैबाहिक अंगिकृत नागरिकताको प्रतिलिपि लिएका छन् । ७ महिला र २८ पुरुष गरि ३५ जनाले नागकिरता त्याग गरेका छन् भने ३ जना महिलाको नागरिकता रद्ध गरिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले तनहुँमा एक वर्षको अवधिमा १ लाख भन्दा बढि नागरिकले सेवा लिने गरेको बताए । विभिन्न माध्यमबाट सेवाग्राहीको गुनासो संकलन गरिने भन्दै प्रजिअ अधिकारीले सेवाग्राहीको गुनासो जतिसक्दो चाँडो सम्बोधन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती