रविन्द्र बने पहिलो नेपाली ‘एमएफएन’ च्याम्पियन

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन १८

नेपाली खेलाडी रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन् । एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

उनले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए । यो उनको प्रोफेसनल फाइटमा नवौं जित हो । यो जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ ।

आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच–लडाईको जितको श्रृंखलालाई भङ्ग गरिदिए । रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनी बझाङका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास