ऐनापहरामा सवारी दुर्घटनाको जोखिम भएको भन्दै जिल्ला सुरक्षा समितिले गरायो विभिन्न विषयमा ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २०

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा दुर्घटनाको जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिले विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ ।

ऐनापहरामा आइतबार बस दुर्घटना भएपछि दुर्घटनास्थलको स्थलगत निरिक्षण गर्न प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको नेतृत्वमा सोमबार गएको जिल्ला सुरक्षा समितिको टोलीले ऐनापहरा क्षेत्रमा सवारी दुर्घटनाको जोखिम देखिएको भन्दै दुर्घटना न्युनिकरणकोलागि विभिन्न विषयमा आबुँखैरेनी गाउँपालिकाको ध्यानाकर्षण गराउँदै विभिन्न सुधारात्मक निर्देशनहरू जारी गरेको छ ।

ऐनापहराको पार्किङ स्थल सडक भन्दा अग्लो भएकाले सवारी साधन आफैँ पछाडि हट्न सक्ने सम्भावना रहेको हुँदा उक्त स्थललाई सडक भन्दा होचो बनाइ सम्भावित दुर्घटना न्यूनीकरणका लागि आवश्यक व्यवस्था मिलाउने निर्देशन दिइएको छ ।
यस्तैगरि ऐनापहरास्थित पार्कका गतिविधिले पृथ्वी राजमार्गमा गुड्ने सवारी चालकको ध्यान तान्ने भएकाले सम्भावित दुर्घटना रोक्न पार्कको क्रियाकलापलाई नियन्त्रण गर्न पालिकालाई सुझाव दिइएको छ । यस्तै डिभिजन सडक कार्यालयले ट्राफिक प्रहरीसँग समन्वय गरी आवश्यक ट्राफिक संकेतहरू अपडेट गर्ने र सडक छेउको कन्फिडेन्स ब्लक मर्मत तथा सुधार गर्ने निर्देशन दिइएको छ ।

ऐनापहरा पार्क छेउको जमिन सम्याउने तथा आवश्यक परेमा पुर्ने काम गरी क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना मार्फत् यस्ता पर्यटकीय स्थलहरूसँग जोडिएका भौतिक संरचना र सुरक्षात्मक उपायहरूलाई सुदृढ बनाउन सबै सरोकारवाला निकायहरूलाई आ–आफ्नो भूमिका निर्वाह गर्न समेत अनुरोध गरेको छ ।

गत साउन १८ गते पार्किङ गरिएको ग २ ख १०७७ नम्बरको बस आफैँ गुडी सडकबाट तल मस्र्याङ्दी नदी किनारमा खस्दा केही यात्रुहरू घाइते भएका थिए । उक्त घटनापछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, डिभिजन सडक कार्यालय तनहुँका प्रतिनिधि तथा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुखसहितको टोलीले साउन १९ गते घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा