नागरिक अगुवाको अपिलः संविधानको दायराभित्रबाटै अन्तरिम सरकार गठन गरौं

Devghat Online

शेयर गरौ

काठमाडौं । भदौ २६

लेखक तथा नागरिक अगुवाहरूले संविधानको दायराभित्रबाटै अन्तरिम सरकार गठन गर्न राष्ट्रपतिसमक्ष अपिल गरेका छन् । विभिन्न २० जना अगुवाहरूले एक वक्तव्य जारी गर्दै जेन–जी समूहका साथै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग समेत संवाद अगाडि बढाउन समेत आग्रह गरेका छन् ।

‘आन्दोलनकारी जेन–जी समूहका साथै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग समेत संवाद अगाडि बढाउन र ऐतिहासिक संविधानसभामार्फत बनेको संविधानको बृहत्तर दायराभित्रैबाट आन्दोलनको भावना र नागरिक सर्वोच्चता स्थापित हुने गरी अन्तरिम सरकार गठन गर्न हामी राष्ट्रपतिलाई हार्दिक अपिल गर्दछौं,’ उनीहरूले भनेका छन् ।

त्यस्तै, यस्ता संवाद, परामर्श र छलफल नेपाली सेनाको मुख्यालयमा मात्रै नभइ राष्ट्रपति कार्यालयमा गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।

‘यस्तो संवाद, परामर्श र छलफल नेपाली सेनाको जङ्गी अड्डामा होइन, राष्ट्रपति कार्यालयमा गर्न पनि आग्रह गर्दछौं,’ उनीहरूले भनेका छन्, ‘यी समग्र राजनीतिक, संवैधानिक र संक्रमणकालीन व्यवस्थाका बारेमा राष्ट्रपतिजीले अविलम्व जनताका नाममा सम्बोधन गरी प्रक्रिया अगाडि बढाउन पनि आग्रह गर्दछौं ।’

जेनजीहरूको आन्दोलनमा आन्दोलनमा सरकारका तर्फबाट अनावश्यक बल प्रयोग भयो र दुर्भाग्यवश धेरै ठूलो जनधनको क्षति भएको बताउँदै उनीहरूले सरकारको यस्तो अलोकतान्त्रिक, बर्बर र दमनकारी प्रवृत्तिको घोर भत्र्सना र निन्दा गरेका छन् ।
यसबारे छानबिन गरी दोषीमाथि कारबाही गर्ने सुनिश्चितताका साथ उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग पनि उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो