एमालेको ११ औँ महाधिवेशन स्थल परिवर्तन, अब काठमाडौँमा हुने

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक १५

नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ । यसअघि पोखरामा हुने तय भएको भए पनि आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ,’ ज्ञवालीले भने, ‘निर्धारित समय मंसिर २७ देखि २९ मै हुनेछ ।’
नेकपा एमालेले मंसिर १३ गते देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । गुण्डुमा बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।

उनका अनुसार १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि हुनेछन् । एक तिहाइ महिला प्रतिनिधि, ४० वर्ष भन्दा मुनिलाई पनि आरक्षण छुट्टाइएको छ । प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि आरक्षण छुट्याइएको बताए । महाधिवेशनमा करिब २१०० प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता