ऋषिङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ३

ऋषिङ गाउँपालिकाको आयोजनामा सातौं राष्ट्रपति रनिङसिल्ड विद्यालय स्तरीय खेलकुँद प्रतियोगिता बुधबार सुरु भएको छ । वडा नम्बर १ को शुक्ला माविमा आयोजित उक्त प्रतियोगिताको गन्डकी प्रदेश सभाका सांसद अशोक कुमार श्रेष्ठले उद्घाटन गरे ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिुनामाया थापा, शिक्षा तथा खेलकुँद शाखाका प्रमुख, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

बिहिबारसम्म चल्ने उक्त प्रतियोगितामा ऋषिङ गाउँपालिकामा रहेका मावि स्तरीय सामुदायिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न बिधामा प्रतिश्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय