पन्थद्वारा विद्यार्थीलाई स्वेटर र जुत्ता वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ८

व्यास नपा–१४ छाब्दीका युवा अभियन्ता अविनास पन्थले व्यास नपा–१३ स्थित गुँदी फच्याङ आधारभुत विद्यालयका विद्यार्थीलाई स्वेटर र जुत्ता वितरण गरेका छन् । साथै उनले सोही वडाको बेनीमित्र प्राविका विद्यार्थीलाई स्वेटर र जुत्ता वितरण गरेका छन् ।

पन्थले सोमबार गुँदी फच्याङ आधारभुत विद्यालयका १५ जना विद्यार्थीलाई एक/एक वटा न्यानो स्वेटर तथा सोही वडाको बेनी मित्र प्राथमिक विद्यालयका विद्यार्थीलाई स्वेटर र जुत्ता वितरण गरेका हुन् ।

युवा अभियन्ताको पहिचान बनाएका पन्थले गत तिहारमा खेलिएको देउसी–भैलोबाट संकलित रकम तथा मनकारी व्यक्तिहरुले प्रदान गरेको रकम मार्फत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । पन्थले यस अघि पनि विभिन्न विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले