बन्दीपुर गापाको सार्वजनिक सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ८

बन्दीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकको सार्वजनिक सुनवाई कार्यक्रम सोमबार गाउँपालिकाको भवनमा सम्पन्न भएको छ । गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, पारदर्शिता र सुशासन कायम गर्ने उद्देश्य अनुसार उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष पञ्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी, बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरी, वडाध्यक्षहरू वडा नम्बर १ का अध्यक्ष तथा प्रवक्ता शिवकुमार श्रेष्ठ, वडा नम्बर ३ का परमेश्वर भट्टराई, वडा नम्बर ४ का दानबहादुर थापा, वडा नम्बर ५ का ध्रुवप्रसाद लामिछाने, वडा नम्बर ६ का बलबहादुर गुरुङ लगायत कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखहरू जवाफदेहीको लागी उपस्थित थिए ।

सो कार्यक्रममा बन्दीपुर गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधि पूर्व जनप्रतिनिधिहरु स्थानीय समुदाय प्रहरी एवं पत्रकारसमेतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्यक्ष पञ्चमाया गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । त्यस्तै पहिलो चौमासिक अवधिमा गाउँपालिकाले गरेका कामकारबाही तथा प्रगतिबारे प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइमा स्वास्थ्य सेवा, शिक्षा, कृषि, पूर्वाधार लगायतका विषयमा नागरिकले प्रश्न तथा जिज्ञासा राखेका थिए। सो जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी, बन्दीपुर अस्पतालका मेसु डा.अनिल गिरी, वडा नम्बर १ का अध्यक्ष तथा प्रवक्ता शिवकुमार श्रेष्ठ, शिक्षा–युवा तथा खेलकुद शाखा प्रमुख भीमप्रसाद लामिछाने, कृषि शाखाका दिनेश सुवर्णकार लगायत सम्बन्धित अधिकारीहरूले दिएका थिए ।

कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेकपा एमाले बन्दीपुर गाउँ कमिटीका अध्यक्ष रवि श्रेष्ठ तथा नेपाली कम्युनिस्ट पार्टीका नेता लोकबहादुर बानियाँले सुझाव सहितको मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय