रतौलीमा जारी महायज्ञमा साढे तीन लाख बढी दान रकम संकलन

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ८

व्यास नगरपालिका–१ स्थित रतौली टोल विकास संस्थाद्वारा जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञमा सोमबार तीन लाख ५८ चार सय ६८ दान संकलन भएको छ । मन्दिर परिसरमा धर्मशाला, होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गर्ने उद्वेश्यले यही मंसिर ६ देखि १३ गतेसम्म आयोजना गरिएको महायज्ञको दोस्रो दिन सोमबार उक्त दान रकम संकलन भएको हो ।

सोमबार कार्यक्रमका प्रमुख अतिथी तनहुँ क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधी सभासदस्य एवं रास्वपा केन्द्रीय उपाध्यक्ष डा.स्वर्णिम वाग्लले विकासका लागि सरकारको मात्रै मुख ताक्न नहुनेमा जोड दिए । धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न यहाँका स्थानीयबासीले देखाएको कार्य अनुकरणीय रहेको भन्दै उनले सबै कुरा सरकारले मात्रै गर्न सक्दैन्, आफ्नो क्षेत्रको स–साना विकासका काम आमनागरिक जुटेर पनि सम्पन्न गर्न सकिने बताए ।

जेनजी आन्दोलनपछि मुलुक नयाँ मोडमा गएको चर्चा गर्दै राजनीतिमा देखिएको विकृतिलाई सङ्गल्याउँदै अघि बढ्न आफ्नो पार्टीले पटक–पटक संसदमा ध्यानाकर्षण गराउँदै आएको उनले बताए । सो अवसरमा डा.वाग्लेले धर्मशाला निमाणार्थ २५ हजार दान सहयोग गरेका थिए । वाग्लेलाई महायज्ञका मूल पण्डित कपिलदेव भट्टले वाग्लेलाई टीका, दोसल्ला र प्रमाणपत्रले सम्मान गरे ।

पितृ मोक्ष धनधान्याञ्चल श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव सार्वजनिक संगीतमय कार्यक्रमको आयोजना गरिएको हो । महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि रतौली टोल विकास संस्थाको आयोजना तथा सृजना आमा समुह र जलेश्वर मन्दिर संरक्षण समितिको सहआयोजकमा सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञबाट प्राप्त दानबाट असीदेखि एक सय जनासम्म क्षमताको भक्तजनलाई राख्न सकिने सुविधा सम्पन्न बहुउद्वेश्यीय धर्मशाला निर्माण गर्ने योजना रहेको रतौली टोल विकास संस्थाका अध्यक्ष एवं महायज्ञ संयोजक अभिमानसिंह बस्नेतले जानकारी दिए । जवलेश्वर महादेवको मूर्ति स्तरीकरणका साथै होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गरी थप पर्यटन प्रबद्र्धन गर्ने प्रमुख उद्वेश्य रहेको बस्नेतले बताए ।

महायज्ञमा दुई करोड बढी दान संकलन गर्ने लक्ष्य रहेको छ । प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही, बेदव्यास लगायतका धार्मिक पर्यटकीय क्षेत्रमा घुम्न आएका धर्मावलम्वीलाई खाना र बस्न समस्या भएको अवस्थामा धर्मशालामा राख्ने व्यवस्था गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो ।

दमौली र आसपास क्षेत्रका धार्मिक भुगोललाई समेटन सकिए धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने प्रचूर सम्भावना देखिएकाले कम्मर कसेर लागिएको महायज्ञका सल्लाहकार एवं वडासदस्य मणिजंग बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय