आदिकवि क्याम्पस सन्चालक समितिको उपाध्यक्षमा कार्की

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ८

तनहुँ जिल्लाको सर्वाधिक विद्यार्थी अध्ययन गर्ने दमौलीको एकमात्र सामुदायिक क्याम्पस आदिकवी भानुभक्त क्याम्पस संचालक समितिको उपाध्यक्षमा श्रीराम कार्की चयन भएका छन् । क्याम्पस सन्चालक समितिको सोमबार बसेको बैठकले कार्कीलाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

कार्की केही महिना अघि भएको सन्चालक समितिको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थिए । सोही निर्वाचित सन्चालक समिति सदस्यहरु मध्धेबाट कार्कीलाई उपाध्यक्षमा मनोनयन गरिएका हो । नेकपा एमालेका नेता रहेका कार्की यसअघि पनि विगतमा एक कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष रही सकेका थिए ।

आफुलाई क्याम्पस सन्चालक समितिको उपाध्यक्षमा मनोनित गरेपछि कार्कीले सन्चालक समितिलाई धन्यवाद दिँदै क्याम्पसको शैक्षिक, भौतिक र प्राज्ञिक उन्न्वयनको क्षेत्रमा विगतको भन्दा अझ बढि योगदान दिने बताए । सबैको बिश्वास लिएर क्याम्पसको बृहत्तर हितको लागि, गरिव निमुखा दलित, आदिवासी जनजाति सहित बिकट क्षेत्रका जनताको छोराछोरीको उज्ज्वल भविस्यको लागि बैज्ञानिक शिक्षालाई उन्नत बनाउनेतर्फ आफ्नो क्षमताले भ्याएसम्म आफ्नो जिम्मेवारी निर्वाह गर्ने कार्कीले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको