लागू औषध सहित दुई जना नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १०

तनहुँमा अबैध लागु औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान ४ः५० बजेको समयमा आबुखैरेनी गापा–४ बेनिटार स्थित पृथ्विराजमार्ग सडक खन्डमा रहेको अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपको चेकिङ टोलिले सवारी साधन तथा मानिसहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट लम्जुङतर्फ आउदै गरेको बा.प्र.०३.००१ ख.१६८३ नम्बरको बसमा सवार लम्जुङ मस्र्याङ्दी गापा–८ बस्ने बर्ष ३१ को सन्तोष गुरुङ्ले रातो जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको लागु औषध ट्रामाडोल ९४पत्ता (९४० क्याप्सुल) सहित निज सन्तोष गुरुङलाई नियन्त्रणमा लिएको थियो । सो घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरि मंगलबार साँझ आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपको चेकिङ टोलिले सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा काठमाण्डौ देखी पोखरा तर्फ आउदै गरेको ग.२ ख.१७७३ नम्बरको माईक्रो बसमा सवार जिल्ला धादिङ गजुरी गापा–४ बस्ने बर्ष १९ को श्रीलाल तामाङले बोकी ल्याएको जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा २०० ग्राम लागू औषध (चरेस) फेला परी तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता