कांग्रेसको परिपत्र विपरीत भण्डारी दुई निर्वाचन क्षेत्रबाट आकांक्षी

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २२

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले जारी गरेको परिपत्रले नेता–कार्यकर्ताले एकै निर्वाचन क्षेत्रबाट मात्र उम्मेदवारी दाबी गर्न सक्ने स्पष्ट व्यवस्था गरिएको छ । तर सोही प्रावधान उल्लंघन गर्दै कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँ क्षेत्र नम्बर १ र २ दुवै स्थानबाट उम्मेदवारी दर्ता गरेपछि तनहुँ कांग्रेसभित्र व्यापक चर्चा र असन्तोष पैदा भएको छ ।

कांग्रेसले आन्तरिक अनुशासन, समान अवसर र व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले परिपत्र जारी गरेको थियो । तर भण्डारीले दुई क्षेत्रमै नाम दर्ता गरेपछि कार्यकर्तामाझ ‘निर्देशन सबैका लागि समान हो कि होइन ?’ भन्ने प्रश्न तीव्र बनेको कांग्रेस नेताहरू बताउँछन् । अन्य आकांक्षीहरूलाई ‘एक क्षेत्र, एक दाबी’ को कडाइ गराइएका बेला भण्डारीले भने दुई स्थानमै दाबी गरेको घटनाले पार्टीभित्र नै द्वैध मापदण्डको आरोप उठेको छ ।

२०७९ को निर्वाचनमा भण्डारी तनहुँ–१ बाट उठ्ने तयारीमा थिए । तर तत्कालीन वरिष्ठ नेता तथा हालका राष्ट्रपति रामचन्द्र पौडेल सोही क्षेत्रबाट उठेपछि पार्टीले भण्डारीलाई तनहुँ–२ मा व्यवस्थापन गरेको थियो । सो क्रममा तनहुँ–२ का आकांक्षी प्रदीप पौडेललाई काठमाडौं–५ मा टिकट दिइएको थियो ।

राष्ट्रपति पौडेल निर्वाचित भएपछि भएको उपनिर्वाचनमा गोविन्द भट्टराई सम्मानजनक मत ल्याएर पराजित भएका थिए । भट्टराईले काँग्रेसले समानुपातिक मत पाए बराबर पाएका थिए । तनहुँ–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नम्बर २ बाट विजयी भएका भण्डारीले भने क्षेत्र नम्बर १ मा ‘वारेस’ मार्फत नाम दर्ता गराएका हुन् ।

यस विषयमा कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले परिपत्र कार्यान्वयन सबैका लागि समान हुने बताए । उनले भने ‘निर्देशन अनुसार एकै संसदीय क्षेत्रबाट मात्र दाबी गर्न पाइन्छ । दुई स्थानमा दाबी गर्नु परिपत्रविपरीत छ, मान्य हुँदैन ।’ क्षेत्रीय कार्य समितिले सहमतिको आधारमा उम्मेदवार चयन गर्ने तयारी गरेको छ । सहमति नभएमा आकांक्षीहरू मध्येबाट भोटिङमार्फत तीन जनाको सिफारिस गरी जिल्लामा पठाउने छ । जिल्लाले केन्द्रमा पठाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय