देवघाटअनलाईन
चितवन, मंसिर २७ ।




संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड शुक्रबार सम्पन्न भएको छ ।
भरतपुर १८ को वडाखेल मैदानमा संचालन भएको रनिङ्गशिल्डमा न्यु भिजन एकेडेमी भरतपुर १९ले प्रथम स्थान हासिल गर्न सफल भयो । त्यस्तै जनप्रीय पब्लिक स्कुल भरतपुर १९ दोस्रो र श्री अमरज्योती इङलिस स्कुल तेस्रो स्थान हासिल गर्न सफल भए।
बेष्ट मार्च पाष्ट अवार्ड ज्ञान ज्योति इङलिस स्कुल भरतपुर-१४ ले प्राप्त गर्यो । त्यस्तै उत्कृष्ट छात्र खेलाडी अवार्ड विद्याज्योति इङलिस स्कुल माडीका रोहित महतो, उत्कृष्ट छात्रा खेलाडीको अवार्ड मिलन सेकेन्डरी इङलिस स्कुल भरतपुर-१८की सलिष्मा ढकाल र जनप्रीय पब्लिक स्कुलकी मुनिमा महतोले प्राप्त गरिन।
मंसिर २५ र २६ गते भरतपुर १८ को वडाखेल मैदानमा संचालन भएको रनिङ्गशिल्डमा आइ.एस.ओ अन्तरगतका १३ वटा बिद्यालयका करिब ६०० खेलाडी विद्यार्थी सहभागी भएका थिए ।












