चितवनको पार्वतीपुरमा १०२ जनाले गरे रक्तदान

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

मंसिर २८

चितवन  ।  पार्वतीपुर बजार सामुदायिक संस्था भरतपुर-२१ को आयोजना र  प्रयास बचत तथा ऋण सहकारी संस्था र सक्षम हेल्थ क्लिनिकको सहआयोजनामा  शनिबार भएको रक्तदान कार्यक्रममा  १०२ जनाले रक्तदान गरेका छन् ।

भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीको प्रमुख अतिथि र भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष श्री कृष्णकुमार गुरुङको विशिष्ट अतिथि रहेको  रक्तदान कार्यक्रममा  प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको  प्राविधिक सहयोग रहेको थियो ।

पार्वतीपुर बजार सामुदायिक संस्था भरतपुर-२१ का अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राजनितिक पार्टी, टोल विकास संस्था र  विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।   कार्यक्रममा प्रयास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्री दिनेश कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने  पार्वतीपुर बजार सामुदायिक संस्थाका पूर्व अध्यक्ष नवराज बरालले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण