चितवनको पार्वतीपुरमा १०२ जनाले गरे रक्तदान

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

मंसिर २८

चितवन  ।  पार्वतीपुर बजार सामुदायिक संस्था भरतपुर-२१ को आयोजना र  प्रयास बचत तथा ऋण सहकारी संस्था र सक्षम हेल्थ क्लिनिकको सहआयोजनामा  शनिबार भएको रक्तदान कार्यक्रममा  १०२ जनाले रक्तदान गरेका छन् ।

भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीको प्रमुख अतिथि र भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष श्री कृष्णकुमार गुरुङको विशिष्ट अतिथि रहेको  रक्तदान कार्यक्रममा  प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको  प्राविधिक सहयोग रहेको थियो ।

पार्वतीपुर बजार सामुदायिक संस्था भरतपुर-२१ का अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राजनितिक पार्टी, टोल विकास संस्था र  विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।   कार्यक्रममा प्रयास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्री दिनेश कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने  पार्वतीपुर बजार सामुदायिक संस्थाका पूर्व अध्यक्ष नवराज बरालले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले