देवघाट अनलाईन
मंसिर २८



चितवन । पार्वतीपुर बजार सामुदायिक संस्था भरतपुर-२१ को आयोजना र प्रयास बचत तथा ऋण सहकारी संस्था र सक्षम हेल्थ क्लिनिकको सहआयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।

भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीको प्रमुख अतिथि र भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष श्री कृष्णकुमार गुरुङको विशिष्ट अतिथि रहेको रक्तदान कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।
पार्वतीपुर बजार सामुदायिक संस्था भरतपुर-२१ का अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राजनितिक पार्टी, टोल विकास संस्था र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रयास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्री दिनेश कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने पार्वतीपुर बजार सामुदायिक संस्थाका पूर्व अध्यक्ष नवराज बरालले कार्यक्रम संचालन गरेका थिए ।













